स्वास्थ्यमन्त्री तामाङले गरे सम्पति विवरण सार्वजनिक

असल शासन प्रतिनिधि

काठमाण्डौं / नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले सम्पति विवरण सार्वजनिक गरेका छन् ।
मन्त्री तामाङले सार्वजनिक गरेको सम्पति विवरणमा आफु र श्रीमति उषाकला तामाङको नाममा विभिन्न ठाँउमा १४ कित्ता जग्गा जमिन रहेको भनीएको छ । सिन्धुपाल्चोकको सिन्धुकोट र मेलम्चीमा १८ रोपनी जग्गा, काठमाडौंको जोरपाटीमा ३ आनामा बनेको अढाई तले घर र अर्को स्थानमा ६ आना २ पैसा १ दाम जग्गा, पूर्वका विभिन्न ११ स्थानमा जमिन रहेको सार्वजनिक गरिएको छ । यसैगरी हाल २२ तोला सुन रहेको बताएको छ । यस्तै तामाङको एभरेष्ट बैंक सिंहदरबार शाखामा तलब भत्ता बापतको २ लाख १६ हजार १ सय २५ रुपैयाँ रहेको बताईएको छ भने श्रीमती राईको दुईवटा बैंकमा १ लाख ६ हजार २ सय २५ रुपैयाँ रहेको छ । यस्तै तामाङको विभिन्न कम्पनीमा ५ लाख रुपैयाँ र श्रीमती राईको नाममा १५ लाख रुपैयाँको शेयर रहेको छ । मन्त्री राईले कृषि विकास बैंकमा १६ लाख र अन्यमा १९ लाख ऋण रहेको उल्लेख गरेका छन् । हाल दुई ओटा कार र मोटरसाइकल रहेको छ । यस्तै ल्यापटप २ थान र ३ थान मोबाइल रहेको विवरण सार्वजनिक गरेका छन् ।
मन्त्री नियुक्त भएलगतै सम्पति बिबरण सार्वजनिक गर्ने मन्त्री तामाङले घोषणा गरेका थिए । उनले आफ्नो र श्रीमतिको नाममा रहेको सम्पति विवरण प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बुझाएका छन्।

  • २७ जेष्ठ २०७८, बिहीबार प्रकाशित

  • Nabintech