रोटरी क्लब अफ सेन्ट्रल बाँकेद्धारा बृहत भर्चुअल कार्यक्रम सम्पन्न

असल शासन प्रतिनिधि

बाँके/ रोटरी क्लब अफ सेन्ट्रल बाँकेले कोरोना भाइरसको नयाँ भेरीयन्ट र पछिल्नो समय देखिएका नयाँ रोगहरुबारे चिकित्सकहरुको सहभागितामा जुमका माध्यमबाट छलफल गरेको छ ।

रोटरी कल्बले गरेको कार्यक्रममा कोरोना भाइरस सँगै नेपालमा देखिएको वि एल ए अप फंगस रोगबाट बच्ने उपाय बारे जानकारी गराइएको थियो ।

यस बिषयमा रोटरी क्लब अफ सेन्ट्रल बाँकेका इलेक्ट प्रेसिडेन्ट रोटरीयन बरिस्ठ नेत्र रोग बिशेषज्ञ डाक्टर प्रचण्ड गौतमले सहजिकरण गरेका थिए । साथै रोटरीयन डाक्टर सुभाष योगीले पनि यस बिषयमा जानकारी गराएका थिए ।

कार्यक्रममा एकसय पचास बढी सहभागीता रहेको थियो ।

आर सि सेन्ट्रल बाँकेका अध्यक्ष कुमार सान शाहको अध्यक्षतामा भएको भर्चुअल कार्यक्रममा प्रमुख अतिथि डिजि ३२९२ रोटरीयन डाक्टर राजिव पोखरेल , बिशिस्ट अतिथिहरुमा डिजिई आर आई डिस्ट्रिक ३२९२ रोटरीयन सन्तोष रिजाल,डिजिएन आर आई डिस्टिक ३२९२ रोटरीयन राजेन्द्र धोजु, आइपिडिजि रोटरीयन किरणलाल श्रेष्ठ , डिस्टिक तालिम कमिटीका पिडिजि अध्यक्ष संजय गिरी र अतिथिमा आरसी सेन्ट्रल बाँकेका रोटरीयन कृष्ण पाण्डे लगायको सहभागिता रहेको थियो ।

 

 

कार्यक्रममा आरसी सेन्ट्रलका भ्वाइस प्रेसिडेन्ट सतिश अधिकारीले स्वागत मन्तव्य दिएका थिए भने आरसी सेन्ट्रल बाँकेका प्रेसिडेन्ट नोमिनी रोटरीयन सि ए बिश्व भन्डारी लगायतले कार्यक्रमको संयोजन गरेका थिए ।

क्लबले आगामी दिनहरुमा पनि अझै धेरै राम्रा कामहरू गर्ने कुराको प्रतिबद्धता सहित सभा अध्यक्ष रोटरीयन डाक्टर कुमार सान शाहज्युले कार्यक्रम समापन गरेको कार्यक्रम संचालन रोटरीयन दिला शाहले बताईन ।

 

  • २७ जेष्ठ २०७८, बिहीबार प्रकाशित

  • Nabintech