इन्स्पाइरिङको २१४औं शृखलामा सर्पदंशबारे छलफल

असल शासन प्रतिनिधि

नेपालगन्ज / बासको युवा लक्षित कार्यक्रम इन्स्पाइरिङ युथको २१४औं श्रृखलामा सर्पदंशको रोकथामका बिषयमा डा. कृष्ण आचार्यले जानकारी गराएका छन् ।
बर्षातको समय शुरु भएसँगै तराई का जिल्लाहरुमा शर्पको विगविगि बढ्दै गएको अवस्थामा सर्पको टोकाई बाट कसरी बच्ने, सर्प ले टोकेमा के गर्ने, बिशालु र अबिशालु सर्पलाई कसरी पहिचान गर्ने लगायतका बिषयमा डा. आचार्यले जानकारी गराएका थिए ।


कोभिडका कारण लकडाउनमा रहेको अवस्थामा जुमको माध्यमबाट गरिएको कार्यक्रममा सहभागिहरुले सर्पदंशका विभिन्न बिषयमा प्रश्न तथा जिज्ञासा राखेका थिए जसको अवाफ कार्यक्रमका मुख्य बक्ता डा. आचार्यले दिएका थिए । कार्यक्रमको सहजिकरण बासका निर्देशक हेमराज भट्टले गरेका थिए ।
बासको आयोजना तथा ब्रिनोज कान स्याहार केन्द्र नेपालगन्जको सहकार्यमा हरेक हप्ताको शुक्रबार ३ बजे देखि ४ बजे सम्म १ घण्टा कार्यक्रम सञ्चालन हुदै आएको छ ।

  • २८ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech