कोरोना महामारीमा रेरीको सहयोग

असल शासन प्रतिनिधि

नेपालगन्ज/कोरोना नियन्त्रण तथा प्रतिकार्यका लागि भन्दै रारा मानवीय तथा वातावरणीय बिकास प्रयास (रेरी) ले कोरोना संक्रमित र कोरोना आईसोलेसनमा खटिने स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने एक करोड बढीका स्वास्थ्य समाग्री सहयोग गरेको छ ।

बाँके, बर्दिया, दाङ, सल्यान, कैलाली, कंचनपुर जिल्लाका अस्पतालले संचालनगरेका आईसोलेसन देखि स्थानीय तहले संचालन गरेका आईसोलेसन केन्द्रका लागि एक करोड बिस लाख बराबरको अक्सिजन कन्सन्ट्रेटर, अक्सिमिटर, पिपिई, मास्क, सेनीटाईजर सहयोग गरेको हो ।

कोरोना माहामारी रोकथाम तथा नियन्त्रण गर्न मानवीय सहयोग गर्ने उद्देश्यले रेरीले आफ्नै आन्तरिक कोष, बिभिन्न संघ संस्था, र बिदेशबाट सहयोग संकलन गरि ६ जिल्लाका बिस बढी आईसोलेसन केन्द्रका लागि स्वास्थ्य सामाग्री सहयोग गर्दै आएको छ ।

रेरीले जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडको प्रादेशिक प्रेस भवनमा खजुरा गाउँपालिकाले संचालन गरेको आईसोलेसन केन्द्रलाई एक थान कन्सन्ट्रेटर, ५ थान अक्सिमिटर र पिपिई ६२ थान गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपति मार्फत हस्तान्तरण गरेको छ ।

रेरी बाँकेले पहिलो चरणको कोरोना संक्रमणको अवस्था देखि दोश्रो चरणको अवस्थामा बिभिन्न संघ संस्था र बिदेशमा रहेका ब्यक्तिको सहयोगमा प्राप्त रकमबाट भेरी अस्पतालमा दिवा खाजा देखि बाँकेकै चिसापनीमा खाद्य बैंक स्थापना गरेर सहयोग उपलब्ध गराएको छ।

 

  • २८ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech