सेती अस्पतालमा टेलिमेडिसिन सेवा शुरु

असल शासन प्रतिनिधि

धनगढी / कोभिड सक्रमणका कारण ओपीडी सेवा बन्द गरेको सेती प्रादेशिक अस्पतालले आज देखि टेलिमेडिसिन सेवा शुरु गरेको छ ।
सुदुरपश्चिम प्रदेशमा रहेका स्वास्थ्यकर्मी तथा बिरामीहरुले फोनबाट सम्पर्क गरि आपतकालिन सल्लाह लिन सक्ने गरी उक्त सेवा शुरु गरिएको सेती प्रदेशिक अस्पतालले बिज्ञप्ती मार्फत जनाएको छ । कोभिड सक्रमणको जोखिम तथा वर्षातको समयमा देखापर्ने सर्पदंश, मलेरिया, कालाजार, डेंगु, मेनिन्जाइटिस तथा नसर्ने रोग, डाइबेटिज, उच्च रक्तचाप र मुटुरोग लगायतका बिषयमा फोन मार्फत परामर्श लिन सकिने अस्पतालले जनाएको छ ।

यसरी परामर्श सेवाका लागि अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सक डा. शेरबहादुर कमर, डा. निराजनदत्त शर्मा, डा. सन्तोष पाण्डे र डा. निशान भट्टराईलाई विशेषज्ञ चिकित्सकको रुपमा सम्पर्क गर्न सक्ने बताएको छ । यसरी लिन सकिने परामर्श सेवा बिहान १० बजेदेखि ३ बजेसम्म हुने बताएको छ । टेलिफोन तथा भाईवरका लागि अस्पतालले मोवाईल नम्बर ९८४२३८८६०३ सार्वजनिक गरेको छ भने ईमेल मार्फत समेत परामर्श लिन सकिने जनाएको छ ।

  • ३० जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech