आधुनिक कृषि औजार प्रति कृषकको आकर्षण बढ्दो

कम समय र श्रममा धेरै काम गर्न सकिने भएपछि खेत जोत्ने, धान चुट्ने, गहुँ काट्ने, मकै छर्ने लगायतका काममा बझाङका कृषकले आधुनिक कृषि औजारको प्रयोग गर्न थालेका हुन् ।

तरुणा जोशी

बझाङ/ कम समयमा धेरै काम गर्न सकिने भएपछि बझाङका कृषकहरु आधुनिक कृषि औजारको प्रयोगमा आकर्षित हुन थालेका छन् ।
किसानहरुले खेत जोत्ने, धान चुट्ने, गहुँ काट्ने, मकै छर्ने लगायतका काममा कृषि औजारको प्रयोग गर्न थालेपछि कृषकहरुको आकर्षण आधुनिक उपकरण प्रति बढ्न थालेको हो । आधुनिक औजारको प्रयोगले कम समय र श्रममा बढी काम गर्न सकिने भएपछि कृषहरुलाई सहज भएको बताईन्छ । गोरुले खेत जोत्नु भन्दा ट्याक्टरले छिटो र सजिलो हुने भएपछि ट्याक्टरको प्रयोग गर्ने गरेको जयपृथिबी नगरपालीका वडा नम्बर ९ का कृषक प्रबिन्द्र धामीले बताए । केही बर्ष अगाडी एकआद कृषकहरुले हाते ट्याक्टर ल्याएर खेतिपाति गर्न शुरु गरेकोमा त्यसले सहज हुने देखेपछि अहिले जिल्लाका अधिकांस कृषकहरुले खेत जोल्न हाते ट्याक्टरको प्रयोग गर्ने गरेको कृषकहरु बताउछन् । गोरुले जोत्दा एक दिन लाग्ने खेत ट्याक्टरले जोत्दा एकदुई घण्टामा नै जोत्न सकिने जयपृथिबी नगरपालिका वडा नम्बर ८ जोशी गाँउका प्रेमराज जोशीले बताए । हाल जिल्लामा कृषकहरुले खेत जोत्न ट्याक्टर, धान चुट्न र गहुँ काट्न थ्रेसरको प्रयोग गर्ने गरेका छन् ।
जिल्ला स्थित कृषकको आधुनिक औजार प्रति आकर्षण बढ्दै गएपछि कृषि ज्ञान केन्द्रबाट हाल सम्म ८ वटा मिनि टलर अथवा हाते ट्याक्टर बितरण गरीएको र ७५ वटा कृषि औजार यहि महिना भित्र बितरण गर्ने योजना रहेको ज्ञान केन्द्रका प्रमुख टेक बहादुर बिष्टले बताए । कृषि प्रति युवाको आकर्षण बढाउन कृषि औजार सहयोग गर्ने योजना ज्ञान केन्द्रको रहेको प्रमुख बिष्टले बताए ।

  • ३० जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech