बाँकेमा निषेधाज्ञा केही खुकुलो

कोभिड सक्रमणको जोखिम अझै कायम रहेकोले रोगथाम र नियन्त्रणका लागि असार ७ गते सम्म निषेधाज्ञा जारी रहने प्रशासनद्धारा जानकारी ।

असल शासन प्रतिनिधि

नेपालगन्ज / बाँके जिल्लामा लगाईदै आएको निषेधाज्ञालाई केही खुकुलो गर्दै थप एक साताका लागि लम्ब्याईएको छ ।
डिसिसिएमसि बाँकेले कोभिड सक्रमणको जोखिम अझै कायम रहेकोले रोगथाम र नियन्त्रणका लागि आगमी असार ७ गते सम्म निषेधाज्ञा जारी रहने जनाएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालद्धारा हस्ताक्षरित सुचनामा बाँकेमा देनिक उपभोग्य पसल तथा ब्यवसायहरु बिहान ७ बजे देखि दिउसो २ बजे सम्म सञ्चालन गर्न पाउने जनाएको छ । त्यसैगरी होटल तथा रेष्टुरेन्टबाट हुने प्याकिङ्ग तथा टेक अवे सेवा सञ्चालन गर्न पाइने छ भने विवाह, ब्रतबन्ध, मृत्युु संस्कार लगायतका सामाजिक कार्यहरू गर्दा बढीमा १५ जना मात्र सहभागी हुन पाउने जनाईएको छ ।

  • ३१ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech