यो मोटरसाइकल फेला पार्नेले पाउने छन् उचित पुरस्कार

असल शासन प्रतिनिधि

नेपालगन्ज– नेपालगन्जस्थित कृषि ज्ञान केन्द्रबाट निषेधाज्ञा अवधिमै मोटरसाइकल चोरी भएको छ । मंगलबार साँझ ६ देखि साढे ६ बजेको समयमा १५० सीसीको टिडिएस अनटेस्ट पल्सर मोटरसाइकल चोरी भएको मोटरसाइकल धनी बलबहादुर सुनारले बताए ।

राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ निवासी बलबहादुर काम विशेषले ज्ञान केन्द्र आएको अवस्थामा रातो/कालो रंगको मोटरसाइकल चोरी भएको हो । एक हप्ता अघि उक्त मोटरसाइकल खरिद गरेको बताउने बलबहादुरले छरछिमेकमा संकास्पद व्यक्तिले अनटेस्ट मोटरसाइकल चलाएको देखे ९८५८०८८९०२ मा सम्पर्क गरिदिन आग्रह गर्दै सूचना दिनेलाई उचित पुरस्कार दिने बताए ।

 

 

  • १ असार २०७८, मंगलवार प्रकाशित

  • Nabintech