भेरी अस्पताललाई कन्सेन्टेटर सहयोग

असल शासन प्रतिनिधि

नेपालगन्ज / भेरी अस्पताललाई ३ थान ५ लिटरको कन्सेन्टेटर र १५ थान पिपिई हस्तान्तरण गरिएको छ ।
Nepalese American Chamber Of Commerce- Dallas TX ले अविस्कार केन्द्र मार्फत पठाएको उक्त सामाग्री बासको समन्वयमा आज भेरी अस्पतालका प्रमुख डाक्टर प्रकाश थापालाई हस्तान्तरण गरिएको छ । सामाग्री ग्रहण पश्चात पमुख थापाले सहयोगको समन्वय गर्ने बास र सहयोग गर्ने संस्थालाई धन्यबाद ज्ञापन गरेका थिए । सामाग्री हस्तान्तरण कार्यक्रममा बासका अध्यक्ष रमेश सिटौला, कार्यकारी निर्देशक नमस्कार शाह, उपाध्यक्ष लुना बुढाथोकी, महासचिब शिव कुमार बर्मा, कार्यवाहक कोषाध्यक्ष दिला शाह, निर्देशक हेमराज भट्ट, कार्यक्रम संयोजक रबिन्द्र बोहरा, कार्यक्रम अधिकृत शुद्ध प्रशाद चौधरी, सिएफए लोक बहादुर घर्तीको उपस्थिती रहेको थियो । बासले विभिन्न संघ संस्थाको समन्वय तथा सहकार्यमा यस अघिपनि भेरी अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग गर्दै आएको थियो ।

  • ३ असार २०७८, बिहीबार प्रकाशित

  • Nabintech