बर्दियाका तीन प्रहरी अधिकृत पुरस्कृत

असल शासन प्रतिनिधि

बर्दिया / बर्दिया जिल्ला प्रहरी कार्यालयले आफ्नो मातहतका ३ प्रहरी अधिकृतहरुलाई पुरस्कृत एवम् सम्मान गरेको छ ।

मंगलबार पुरस्तकृत हुनेमा इलाका प्रहरी कार्यालय राजापुरका डिएसपी मिनबहादुर घले, इलाका प्रहरी कार्यालय मैनापोखरका इन्स्पेक्टर धर्मराज जोशी र इलाका प्रहरी कार्यालय मैनापोर अन्तर्गतको कालिका प्रहरी चौकीका असई सन्तबहादुर पाल रहेका छन् ।

बर्दिया जिल्ला प्रहरी कार्यालय मातहतका ३९ वटा प्रहरी युनिटका इन्चार्जको त्रैमासिक कार्यसम्पादन, मूल्याङ्कन एवम् प्रगति विवरण विश्लेषण गरी उत्कृष्ट तीन प्रहरी अधिकृतलाई पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए ।

प्रमुख प्रहरी उपरीक्षक कार्कीको तीन महिने कार्यकाल पूरा भएको अवसरमा आफ्ना मातहतमा कार्यरत प्रहरी अधिकृतको आन्तरिक मूल्याङ्कन गरी उत्कृष्ट प्रहरी छनोट गरिएको हो ।

  • ३ असार २०७८, बिहीबार प्रकाशित

  • Nabintech