नेपालगन्जका विपन्न गर्भवति महिलाको नि:शुल्क स्वास्थ्य परीक्षण

असल शासन प्रतिनिधि

नेपालगन्ज/मानवता नेपाल बाँकेले नेपालगन्जका विपन्न वर्गका सुत्केरी र गर्भवति महिलाको निशुल्क स्वास्थ्य परीक्षण गरेको छ ।

पहिलो दिन १० जना गर्भवति तथा सुत्केरीको निशुल्क स्वास्थ्य जाँच तथा परामर्श सेवा दिइएको स्थाका अध्यक्ष अम्बिका काफ्लेले बताईन ।

त्यसक्रममा उनीहरुलाई पौष्टिक आहार अण्डा, घ्यु, भेली, त्यस्तै प्याड, पेन्टीलगायतका सामाग्री सहयोग गरिएको उनले जानकारी दिइन । संस्थाका कोषाध्यक्ष सुमन गिरीले गर्भवति र सुत्केरी स्वास्थ्य जाँच गरेकी छिन।

यसैबिच गर्भवति महिलाले ध्यान दिनु पर्ने कुरा र स्वास्थ्य चेकजाँच गर्ने बारेमा जानकारी दिइएको थियो ।

 

 

  • ३ असार २०७८, बिहीबार प्रकाशित

  • Nabintech