पहिरोमा च्यापिदा बालबालिकाको मृत्यु

असल शासन प्रतिनिधि

डोटी/ डोटीमा पहिरोमा च्यापिदा दुई बालबालिकाको मृत्यु भएको छ ।

दिपायल सिलगढी नगरपालिका ५ चिसापानी नजिकै ब्राखा चराउन गएको बेला ओडारमा बसेका दुई बालबालिकाको माथिबाट आएको पहिरोले च्याप्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा दिपायल सिलगढी नगरपालिका वडा नं। ५ का ७ बर्षिय बालक बिनोद भण्डारी र मामाघरमा गएकी वडा नं ७ राँतुलीकी ऐश्वर्या बिष्टकी ११ बर्षिया छोरी जेनिषा विष्टको रहेको प्रहरी उपरिक्षक दानबहादुर मल्लले जानकारी दिए ।

बाख्रा चराउन गएका उनिहरु पानी परेपछि ओत लाग्न ओडारमा बसेको बताइएको छ ।

  • ३ असार २०७८, बिहीबार प्रकाशित

  • Nabintech