जानकी ५ का २० जना छात्रालाई साईकल

असल शासन प्रतिनिधि

नेपालगन्ज / जानकी गाँउपालिका वडा नम्बर ५ का २० जना छात्राहरुलाई साईकल वितरण गरिएको छ ।
जानकी गाँउपालिकाको सहयोगमा बेलहरी स्थित प्रगतिशील सामुदायिक सिकाई केन्द्रले आठ कक्षा उतिर्ण गरेका वडा भित्रका २० जना छात्राहरुलाई साइकल वितरण गरेको हो । छात्रालाई पढ्न उत्प्रेरित गर्ने तथा बिद्यालय आवत जावतमा सहज होस भन्ने उद्धेश्यले सामाग्री वितरण गरिएको स्थानीय मनमोहन बर्माले बताए ।
जानकी गाउँपालिकाका अध्यक्ष राम निवास यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै अध्यक्ष यादबले साईकल वितरणले छात्राहरुलाई अध्ययन गर्न सहजता हुने विश्वास ब्यक्त गरे । कार्यक्रममा जानकी गाउँपालिकाका प्रमुख राम निवास यादव, उपाध्यक्ष भुमिसरा धिताल, प्रमुख प्रशासकीय अधिकृत बस बहादुर राना, युवा संघ लुम्बिनी प्रदेश अध्यक्ष किशोर थापा, नेकपा एमाले जानकी गाउँकमिटी अध्यक्ष पदम धिताल, समाजसेवी मातृका प्रशाद कुर्मी, समाजसेवी रन्जित राम अहिर, नेका जिल्ला सदस्य छब्बन खा, समाजसेवी माधव दयाल बर्मा, लेखा अधिकृत मतीन अहमद अन्सारी, इलाका प्रहरी कार्यालय खजुराखुर्दका कार्यालय प्रमुख जनक बुढा लगायतको सहभागिता रहेको थियो । त्यस्तै असार ३ गते नै वडा नम्बर ५ का ६ वटा स्कुललाई खेलकुद सामाग्री समेत बितरण गरिएको थियो ।

 

  • ४ असार २०७८, शुक्रबार प्रकाशित

  • Nabintech