रहेनन् पूर्ब साँसद परियार

असल शासन प्रतिनिधि

नेपालगञ्ज/पूर्व सांसद कृष्णसिंह परियारको शुक्रबार निधन भएको छ ।

६८ बर्षिय पूर्ब सांसद परियारको शुक्रबार विहान ७ बजे नेपालगञ्ज–१२ कोरियनपुरस्थित निवासमा निधन भएको हो ।

परियार मधुमेह, उच्च रक्तचापको समस्याले ग्रसित थिए ।

नेता परियारको नेपाली कांग्रेसका नेता परियार वि.सं. २०४८ को संसदीय निर्वाचनमा बाँके क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए । उनले राज्य ब्यवस्था समितिको सभापति समेत भएर कार्य गरेका थिए । 

उनी पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निकट नेताको रुपमा परिचित थिए । प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भुमिका निर्वाह गरेका उनलाई ईमान्दार, सरल नेताको रुपमा परिचित थिए ।

२ श्रीमती, ३ छोरी र ४ छोरा रहेका परियारकी जेठी श्रीमतीको गतवर्ष कोरोना संक्रमणबाट मृत्यु भएको थियो । उनी कान्छी श्रीमतीसँग बस्दै आएका थिए ।

बिपीको प्रजातान्त्रिक समाजवादप्रति प्रतिबद्ध नेता परियार पंचायती ब्यवस्थाको बिरुद्धमा संघर्ष गर्दा धेरै दुःख कष्ट ब्यहोर्दै जेल समेत परेका थिए । नेता परियार जातीय विभेद विरुद्ध अग्रणी लोकतान्त्रिक आन्दोलनका अथक योद्धा मानिन्थे ।

  • ४ असार २०७८, शुक्रबार प्रकाशित

  • Nabintech