इन्स्पाइरिङमा सामाजिक सेवाको अनुभव

असल शासन प्रतिनिधि

नेपालगन्ज / इन्स्पाइरिङ्ग युथ कार्यक्रमको २१५औं श्रृखलामा निलसागर सेवा आश्रमकी अध्यक्ष सरिता खनालले सामाजिक कार्यको अनुभव युवाहरुलाई सुनाएकी छिन ।
बासको आयोजना तथा ब्रिनोज कान स्याहार केन्द्र नेपालन्जको सहकार्यमा असार ४ गते सञ्चालीत कार्यक्रमको मुख्य बक्ताको रुपमा उपस्थित अध्यक्ष खनालले मानविय कार्य गर्दाको अनुभव र त्यसबाट प्राप्त सफलताको बारेमा अनुभव सुनाएकी हुन् । युवा अवस्थामानै मानविय कार्यमा होमिएकी उनले आफ्नो अनुभव सुनाउदा कार्यक्रममा सहभागि युवाहरुले जिवन उपयोगी कार्यक्रम भएको प्रतिक्रिय दिएका थिए । झण्डै ४५ मिनेट मानविय सेवामा गरेका कामहरुको बारेमा बोलेकी खनालले शुरुका दिनमा निकै कठिनाई भएपनि अहिले सबैतिरको साथ र सहयोगले हौसला बढेको बताएकी थिईन् । अनुभव सुनिसकेपछि अध्यक्ष खनाललाई सहभागि युवाहरुले दर्जनौ प्रश्न र जिज्ञासा राखेका थिए जसको जवाफ उनले दिएकी थिईन् । हरेक ब्यक्तिका लागि मानविय र सामाजिक सेवा उत्कृष्ट सेवा रहेकोले मानविय सेवाबाट विमुख नहुन युवाहरुलाई अपिल गरेकी थिईन । राम्रा कामहरुलाई निरन्तरता दिदै बानिको रुपमा विकास गर्न सहभागि युवालाई उनले अनुरोध गरेकी थिईन् । बासका निर्देशक हेमराज भट्टले सहजिकरण गरेको अनलाईन कार्यक्रममा ३० बढी युवाहरुको सहभागिता रहेको थियो । इन्स्पाइरिङ्ग युथ कार्यक्रम हरेक हप्ताको शुक्रबार ३ बजे देखि ४ बजे सम्म सञ्चालन हुदै आएको छ ।

  • ४ असार २०७८, शुक्रबार प्रकाशित

  • Nabintech