अष्ट्रेलियाको एनएसडब्लु संयोजकमा नेपालगन्जकी सन्ध्या शाहको दोबेदारी

असल शासन प्रतिनिधि

अस्ट्रेलिया/ एनआरएन अस्ट्रेलियाको निर्वाचन आगामी जुलाइ ३१ तारिखका लागि तोकिएपछि नेपालमा पनि यसको बिषमया चर्चा हुन सुरु भएको छ ।

यसैबीच नारी निकुन्जकी संयोजक सन्ध्या शाहले एनआरएनको न्यु साउथवेल्स राज्यको संयोजक (उपाध्यक्ष) पदमा उमेदवारी दिने घोषणा सार्वजनिक गरेकी छिन्।

नारी निकुन्जको सदस्यहुँंदै एनएसडब्लु संयोजक र हाल नारी निकुन्जकै संयोजक बनेकी शाहले यस पटक आफूले तीन कार्यकाल गरेको काम र अनुभवका आधारमा उपाध्यक्ष पद दावी गरेको बताइन्।

नेपालजन्जकी स्थायी बासिन्दा शाह प्रवासमा बसेर पनि मुलुक अनि माटोको लागि केहि गर्न सकिन्छ कि भन्ने ध्येयका साथ एनआरएन अभियानमा सामेल भएको बताउँछिन्।

  • ५ असार २०७८, शनिबार प्रकाशित

  • Nabintech