स्वतन्त्रले दियो महासँघलाई १५ हजार सहयोग

असल शासन प्रतिनिधि

बाँके/ स्वतन्त्र पत्रकार संघ नेपाल बाँके शाखाले नेपाल पत्रकार महासँघ बाँके शाखालाई १५ हजार सहयोग गरेको छ।
महासँघले खरिद गर्न लागेको एम्बुलेन्सका लागि स्वतन्त्रले सो रकम सहयोग गरेको हो ।

आज नेपाल पत्रकार महासँघ बाँके शाखा कार्यालयमा स्वतन्त्र पत्रकार संघ नेपाल बाँके शाखाका अध्यक्ष नमस्कार शाह र राष्ट्रिय पार्षद निरज गौतमले महासँघका अध्यक्ष दामोदर भण्डारीलाई नगद १५ हजार रकम हस्तान्तरण गरेका थिए ।

सहयोग हस्तान्तरण कार्यक्रममा महासँघका सचिब कमल डाँगी, स्वतन्त्र पत्रकार संघ नेपाल बाँके शाखाका सचिब बिरेन्द्र जैसी, कोषाध्यक्ष मुना बिष्ट, सदस्यहरु हेमराज भट्ट, खेम बिष्ट, तपेन्द्र बहादुर मलाती लगायतको उपस्थिती रहेको थियो ।

  • ५ असार २०७८, शनिबार प्रकाशित

  • Nabintech