बास रुपन्देहीद्वारा विपन्न परिवारलाई मास्क

असल शासन प्रतिनिधि

 

भैरहवा/ बागेश्वरी असल शासन (बास) रुपन्देहीले भैरहवा क्षेत्रका विपन्न परिवारलाई मास्क वितरण गरेको हो ।

कोरोना भाइरस संक्रमणबाट बच्न मास्कको प्रयोग गर्नुपर्ने भएकोले संक्रमणबाट बच्न सहयोग पुगोस् भन्ने उद्देश्यले मास्क वितरण गरिएको बासका रुपन्देही जिल्ला अध्यक्ष विरेन्द्र गुप्ताले बताए ।

शनिबार प्रतिव्यक्ति ३ वटा मास्क वितरण गरिएको र ७४ घरधुरीलाई २ हजार ५ सय मास्क वितरण गरिएको वास रुपन्देहीकी कार्यकारी निर्देशक विजया खत्रीले बताइन् ।

विपन्न परिवारको घरदैलोमा पुगेर मास्क वितरण गर्न पाउँदा खुशीको अनुभुति भएको कार्यक्रम संयोजक श्रवण कान्दुले बताए ।

मास्क वितरण कार्यक्रममा वास रुपन्देहीका सचिव आशिष चौधरी, दीक्षा बोहोरा, सिमृत कोर, कृष्ण मोहन धरिकार, अनुराग नाथ शुक्ला लगायतको उपस्थिति रहेको थियो ।

बासले यस अघि अंग्रपंक्तिमा रही निषेज्ञाधाको पालना गराउन खटिएका सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको थियो ।

  • ५ असार २०७८, शनिबार प्रकाशित

  • Nabintech