अव्यवस्थित प्रहरी कार्यालयहरु व्यवस्थित गर्ने सांसद नमुनाको सपना पुरा हुँदै

असल शासन प्रतिनिधि

बाँके/ समाजलाई सुरक्षा दिने व्यक्तिहरु नै असुरक्षित बनेपछि समाजमा सोचे अनुसारको सेवा प्रवाह गर्ने अवस्था रहदैन । यसका लागि भौतिक व्यवस्थापन देखि जनशक्तिको पाटो बलियो हुनुपर्छ ।

त्यसपछि मात्र कामको तिब्रता बढ्न सक्छ । हैन भने जोखिमका बिचमा सेवा चाहेर पनि प्रवाह गर्न सकिदैन । यो कुरालाई नजिकैबाट नियालेकी र कामका क्रममा अनेक चुनौतीहरु सँग पौठेजोरी खेलेकी लुम्वीनी प्रदेशका प्रेदश सभा सदस्य कृष्णा केसी नमुनाको प्रहरी कार्यालय व्यवस्थित गर्ने सपना साकार हुँदै छ ।

सांसद नमुनाले बाँकेको नरैनापुर क्षेत्रका प्रहरी कार्यालयहरुको भौतिक व्यवस्थापनको पाटोमा चासो दिदै कामको गति अगाडि बढाएकी छिन । पर्खाल नभएका प्रहरी कार्यालयहरुको पर्खाल निर्माण ,टिनले छाएका प्रहरी कार्यालयहरुलाई पक्कि बनाउने ,शौचालय निर्माण तथा छलफलका लागि गोल घर बनाउन  अवस्था अबलोकन गरी काम गरीरहेकी छिन ।

यसैबिच सांसद कृष्णा केसी नमुनाले निकै चुनौतिहरुका बिच आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट ३ करोड ९ लाखँ ९५ हजार ५ सय ५७ रुपैया बजेट स्विकृत भएपछि अब बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ५ स्थित मटैहियामा इलाका प्रहरी कार्यालय भगवानपुरको ३ तले भवन बन्ने भएको छ ।

सांसद नमुनाले पहल थाल्दा आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसी थिए । आज शनिबार शिलान्यास भएको यो भवन एक बर्ष भित्र निर्माण सम्पन्न भइसक्ने सांसद नमुनाले बताइन ।

यो भवन हालको स्थानबाट करिब २ किलोमिटर उत्तर बन्न लागेको ईलाका प्रहरी कार्यालय भगवानपुरका प्रमुख बसन्त गौतमले बताए ।

उनले गाउँपालिकाले बनाइदिएको एक तले भवन र टिनको छानो लगाएको भवन बाट सेवा प्रवाह गर्न असहज भएकोमा अब सजिलो हुने बताए ।

 

  • ५ असार २०७८, शनिबार प्रकाशित

  • Nabintech