महिलाहरूलाई उद्घोषण तालिम

असल शासन प्रतिनिधि

नेपालगन्ज/बाँकेको राप्तीसोनारी गाउँपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा संचालित तीन दिने उद्घोषण तालिम ढकेरीमा सम्पन्न भएको छ । स्वास्थ्य मापदण्डको पालना गर्दै सो तालिम सम्पन्न गरिएको हो ।
बासका कार्यकारी निर्देशक नमस्कार शाहले सहजीकरण गरेको तालिममा महिला सहकारीका १५ जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
शनिबार सम्पन्न कार्यक्रमको समापन कार्यक्रममा महिला जागरण बहुउद्देश्यीय सहकारी संस्थाकी व्यवस्थापक मोहन बस्नेत, सह व्यवस्थापक चम्पा बि.क., झिझरी सामुदायिक बन उपभोक्ता समुहकि अध्यक्ष कमला बिष्ट र लक्ष्मी रेग्मीले तालिमको प्रभावकारिता बारे बोलेका थिए ।
सहकारीकी अध्यक्ष तेज कुमारी वलीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन राप्तीसोनारी गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख सम्झना दलामीले गरेकी थिईन् । तालिममा उद्घोषणका सैद्धान्तिक तथा प्रयोगात्मक बिषयमा प्रशिक्षण दिईएको थियो ।

  • ५ असार २०७८, शनिबार प्रकाशित

  • Nabintech