जन्मदिनमा बिपन्नलाई सहयोग

असल शासन प्रतिनिधि

सल्यान / बासका केन्द्रीय सदस्य मेघा रेउले जन्म दिनको अबसरमा बिपन्न परिवारलाई नगद र खाद्यान्न सहयोग गरेकी छिन् ।
शारदा नगरपालिका ५ सल्यान निवासी रेउलेले असार ५ गते जन्मदिनको अवसरमा सोही नगरपालिका ५ रातामाटाका इन्द्र विर बोहरालाई ३ हजार बराबरको खाद्यान्न सामाग्री र कासीराम यरीलाई नगद ३ हजार २ सय २५ रुपौया नगद सहयोग गरेकी हुन् ।
कोरोना महामारीका कारण सल्यान जिल्लामा निषेधाज्ञा जारी रहका कारण खाद्यान्न अभावमा रहेका ब्यक्तिहरुलाई खाद्यान्न सामाग्री र नगद सहयोग गरेको रेउलेले असल शासनलाई बताए । उनले मास्क नभएका ब्यत्तिलाई मास्क समेत विरतण गरेको बताईन् । लकडाउनका कारण मान्छे खाना नपाएर छटपटिए रहेको समयमा केक काटेर फजुल खर्च गर्नु भन्दा खाद्यान्न र आर्थिक रकम दिएर कसै लाई खुसि देख्न सक्छु भन्ने सोचेर जन्म दिन विपन्न तथा गरिबसँग मनाएको उनको भनाई थियो । उनले जन्म दिन लगायतका कार्यहरुमा अनावश्यक भोज भतेर गरि फजुल खर्च गर्नु भन्दा गरिब, बिपन्नलाई सहयोग गर्न सबैलाई अपिल समेत गरेकी छिन् ।
खाद्यान्न सामाग्री पाए पछि शारदा नगरपालिका ५ रातामाटाका इन्द्र विर बोहरा र कासीराम यरीले खाद्यान्न अभावमा निकै कष्टकर जिवन विताईरहेको बेला पाएको सहयोगले खुसि मिलेको बताएका थिए ।

  • ६ असार २०७८, आईतवार प्रकाशित

  • Nabintech