नरैनापुरको दशौं गाउँसभामा ५१ बुदें नीति तथा कार्यक्रम

सम्बृद्ध स्थानीय तह, खुसी जनताको नारा सार्थक बनाउन समुन्नत र सम्बृद्ध नरैनापुरका लागि नमुना गाँउ आफै बनाउ, स्वदेशमै श्रम, स्वदेशमै पशिना अन्तरगत कृषिमुखि कार्यक्रमलाई प्राथमिकता दिने, प्राथमिक स्वास्थ्य केन्द्र लक्ष्मणपुरमा अत्याधुनिक आखा उपचार केन्द्र, सर्पदंश उपचार केन्द्र सञ्चालन गर्ने, बरफानी बाबा सुन्दर ठाँउ नरैनापुर घुम्न जाउ अभियान सञ्चालन गर्ने देखि भ्रष्टाचार बिरुद्ध सुन्य सहनशिलताको नीति अवलम्बन गर्ने उल्लेख ।

असल शासन प्रतिनिधि

नेपालगन्ज / बाँकेको नरैनापुर गाउँपालिकाको दशौं गाउँसभा आज देखि शुरु भएको छ ।
आर्थिक बर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम सहित गाँउपालिका अध्यक्ष इस्तियाक अहमद शाहले आज एक कार्यक्रमका बिच गाँउ सभाको उद्घाटन गरेका थिए ।
कोभिडका बिच स्वास्थ्य मापदण्ड पालना गर्दै नरैनापुर २ स्थित स्वास्थ्य केन्द्रको हलमा शुरु भएको गाउँसभाको उद्घाटनमा स्वागत मन्तब्य गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दल बहादुर बस्नेतले गरेका थिए । स्वागत पश्चात गाउँपालिका अध्यक्ष शाहले ५१ बुदें आर्थिक बर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रश्तुत गरेका छन् ।


सम्बृद्ध स्थानीय तह, खुसी जनता को नारा सहित पेश गरीएको नीति तथा कार्यक्रममा गाउँपालिकाको समग्र क्षेत्रको दिगो विकासलाई लक्ष्य बनाएको छ । नीति तथा कार्यक्रममा कोभिड जोखिम न्यूनीकरणका लागि समन्य र सहकार्यसँगै समुचित ब्यवस्थापन मिलाईने उल्लेख छ । यसैगरी समुन्नत र सम्बृद्ध नरैनापुरका लागि नमुना गाँउ आफै बनाउ, स्वदेशमै श्रम, स्वदेशमै पशिना को नीति अनुरुप कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व अभिबृद्धीका कार्यक्रम सञ्चालन गर्ने, व्यवासयिक कृषि खेति गर्ने, युवा कृषकहरुको गाँउपालिका स्तरीय संजाल बनाई १०० जना नमुना ब्यवसायिक कृषक उत्पादन गर्ने, म किशान नरैनापुरको सान नारालाई अवलम्बन गर्दै कृषक प्रोत्साहनका कार्यक्रमलाई प्राथमिकता दिने, नरैनापुरमा सडक र बाटोघाटो निर्माणमा तिब्रता दिने, पालिका स्थित विपद व्यवस्थापन इकाई तथा आपतकालिन कार्य सञ्चालन केन्द्र मार्फत विपत सम्बोधनलाई थप प्रभावकारि बनाइने उल्लेख गरेको छ ।
यसैगरी प्राथमिक स्वास्थ्य केन्द्र लक्ष्मणपुरमा अत्याधुनिक आखा उपचार केन्द्र, सर्पदंश उपचार केन्द्र सञ्चालन गर्ने र आकस्मिक कक्षलाई सुविधा सम्पन्न बनाउने, प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत काममा आधारित पारिश्रमिकबाट शौचालय नभएका घरमा शौचालय स्थापना गरी घरघरमा शौचालय कार्यक्रम सञ्चालन गरी आर्थिक बर्ष २०७८/०७९ सम्म ६०० चर्पी निर्माण गर्ने लक्ष्य लिएको छ । सबैकालागि शिक्षा लाई मुर्त रुप दिन खोजिखोजि बनाउ साक्षर अभियान सञ्चालन गर्ने योजना पेश गरिएको छ ।


गाउँपालिकाले भ्रष्टाचार बिरुद्ध सून्य सहनसिलताको नीति अवलम्बन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । आन्तरिक पर्यटन प्रवद्र्धन गर्न कर्मचारीलाई पर्यटन काजको ब्यवस्था गरिने र गाउँपालिका भित्र रहेका पर्यटकिय स्थलको प्रर्बद्धनका लागि बरफानी बाबा सुन्दर ठाँउ नरैनापुर घुम्न जाउ अभियान सञ्चालन गर्ने र नरैनापुर घुम्न आउने पर्यटकलाई सिमामा स्वागत गर्ने ब्यवस्था मिलाईने नीतिमा उल्लेख गरिएको
छ । गाउँपालिकाको ५१ बुदे नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, विकास निर्माण, लक्षित बर्ग उत्थान लगायत गाँउपालिकालाई नमुना बनाउने तर्फ कार्यक्रम केन्द्रीत गरिएको छ ।
नरैनापुर गाँउपालिकाका प्रशासन शाखाका भरत महतोले सञ्चालन गरेको गाउँसभामा अध्यक्ष इस्तियाक अहमद शाह, उपाध्यक्ष जयन्ति देवि श्रीवास्व, प्रमुख प्रशासकिय अधिकृत दल बहादुर बस्नेत, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, कर्मचारी लगायतको उपस्थिती रहेको
थियो ।

  • ६ असार २०७८, आईतवार प्रकाशित

  • Nabintech