डाक्टर र नर्स कुटपिट गर्ने ५० हजार धरौटीमा छुटे

असल शासन प्रतिनिधि

नेपालगन्ज/ भेरी अस्पताल नेपालगन्जका चिकित्सक र स्टाफ नर्समाथि कुटपिटको आरोप खेपेका दाङका तीनजा छुटेका छन् ।

घटनामा संलग्न रहेको भन्दै प्रहरीले मृतकका भाई र छोराहरु मानबहादुर रावत, भरत रावत र लोकराज रावतलाई नियन्त्रणमा लिएको थियो ।

 

गत जेठ १३ गते बेलुकी ८ बजे तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीका ५४ वर्षीय डिल्लीबहादुर रावतको कोरोनाका कारण मृत्यु भएपछि आक्रोशित बनेका उनीहरूले उपचारमा लापरबाही भएको भन्दै त्यहाँ कार्यरत चिकित्सक र स्टाफ नर्सहरूमाथि कुटपिट तथा अस्पतालमा तोडफोड गरेका थिए ।

बाँके जिल्ला अदालतका न्यायाधीश श्यामसुन्दर अधिकारीको एकल ईजलासले चिकित्सक र स्टाफनर्समाथि आक्रमण गर्ने तीनैजना जनही ५०÷५० हजार धरौटी बुझाएर छुटेका छन् ।

बाँके जिल्ला अदालतका स्रेस्तेदार तीर्थराज भट्टले तोकिएको धरौटी बुझाएर तीनै जना आईतबार नै रिहा भएको बताएकाछन् ।

 

अस्पतालका चिकित्सक र स्टाफ नर्समाथि कुटपिट गरेको आभियोगमा थुनामा रहँदै आएका नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य दाङ तुलसीपुरका मानबहादुर रावतस र उनका भतिजा भरत रावत र लोकराज रावतलाई जनही ५०/५० हजार धरौटीमा छोड्न अदालतले आदेश दिएको थियो ।

घटनाको चौतर्फी भत्र्सना भएपछि बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टको नेतृत्वमा छानबिन समिति गठन गरिएको थियो ।

क्त समितिले घटनाको ५ दिनपछि २५ पृष्ठ लामो प्रतिवेदन बुझाएको थियो ।

छानविन समितिले भेरी अस्पतालका चिकित्सक र स्टाफ नर्समाथि सांघातिक आक्रमण भएको ठहर गर्दै दोषीलाई कारबाही गरिनुपर्ने भन्दै प्रतिबेदन बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई बुझाएको थियो ।

  • ६ असार २०७८, आईतवार प्रकाशित

  • Nabintech