सुरक्षित आप्रवासन सम्बन्धी पत्रकारसँग अन्तरक्रिया

असल शासन प्रतिनिधि

नेपालगन्ज / सुरक्षित आप्रवाशन परियोजना (सामी) अन्तरगत सुरक्षित आप्रवासन सम्बन्धी स्थानीय पत्रकारहरुसँग अन्तरक्रिया गरिएकोछ ।
परियोजनाको परिचय र उपलब्धीको बारेमा पत्रकारलाई जानकारी गराउने र परियोजनाको आगामी योजनाका लागि पत्रकाहरुको पृष्ठपोषण लिने उद्धेश्यले उक्त अन्तरक्रिया गरिएको हो । इन्रुडेक कोहलपुरको आयोजनामा बुधबार नेपालगन्जमा भएको अन्तरक्रियामा परियोजना अन्तरगत भएको क्रियाकलाप र उपलब्धीको बारेमा प्रस्तुतीकरण गरिएको थियो । कार्यक्रमको बारेमा जानकारी गराउदै परियोजना संयोजक मिना चौधरीले आवश्यक चेतनाको अभावमा बैदेशिक रोजगारमा जानेहरु ठगिदै आएको भन्दै सुरक्षित बैदेशिक रोजगारमा कसरी जाने भन्ने बिषयमा सुरक्षित वैदेशिक रोजगारका लागि आप्रवासी स्रोत केन्द्र (सूचना केन्द्र) मार्फत सहयोगका साथै आवश्यक परामर्श सेवा दिईरहेको बताईन् । सुरक्षित बैदेशिक रोजगारका बिषयमा सञ्चार माध्यमको थप सशक्त भूमिका आवश्यक पर्ने उनको भनाई थियो ।
प्रस्तुतीकरण पश्चत भएको खुल्ला छलफलमा सहभागि पत्रकारहरुले आम नागरिकहरु सम्म सुचना सम्प्रेषण गर्न जनचेतना मुलक कार्यक्रम आवश्यक पर्ने भएकाले सञ्चार मुखि कार्यक्रम आवश्यक पर्नेमा जोड दिएका थिए ।
इन्रुडेकका अध्यक्ष धर्मलाल रोकायाले स्वागत तथा उद्धेश्यमाथि प्रकाश पारेको कार्यक्रमको समापन नेपालगन्ज उपमहानगरपालिका नगर कार्यपालिका सदस्य देउमल सुनारले गरेका थिए । इन्रुडेकले हेल्विटासको सहयोगमा बाँकेको नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, बैजनाथ गाँउपालिका र खजुरा गाँउपालिका परियोजना सञ्चालन गर्दै आएको छ ।

  • ८ असार २०७८, मंगलवार प्रकाशित

  • Nabintech