बाँकेको नरैनापुको विद्युतको पछिल्नो अवस्था अवलोकन

असल शासन प्रतिनिधि

 

बाँके/बाँकेको नरैनापुर गाउँपालिकामा विद्युत नपुगेका केहि स्थानहरुमा विद्युतको पहुच विस्तारका लागि लुम्बिनी प्रदेशका सांसद कृष्णा केसीको नेतृत्वमा आज विहिवार अनुगमन गरिएको छ ।

अनुगमनपछि नरैनापुरका ६ वटै गाउँपालिकाका विद्युत नपुगेका गाउँहरुमा पोल तथा तार व्यवस्थापनको काम गरी विद्युत छिटोभन्दा छिटो बिस्तार गरीने सांसद नमुनाले बताइन।

नरैनापुर गाउँपालिकाको  बानियागाउँ, मटहियागाउँ, विर्ता,सुइया ,वेउचहवा,रोशनपुरुवा,काला,सिमउना,पछपेडवा,कोटिया, गेग्ली, दौरिया लगायतका स्थानमा अब विद्युतको पहुच पुराउन काम अगाडि बढाइने उनले बताइन ।

अनुगमन पछि क्षेत्रिय विद्युत प्राधिकरणका प्रमुख सुरज गौतमले तत्काल काम सुचारु हुने बातावरण मिलाउने बताए ।

अनुगमनका क्रममा स्थानियले मुख्य सडक सँगै ग्रामिण सडकमा विद्युतको पहुँच पुराउन आग्रह गरेका थिए । स्थानियको आग्रह अनुसार लुम्बिनी प्रदेशका सांसद कृष्णा केसी नमुनाले तत्कालै काम सुचारु हुने प्रतिबद्धता जनाइन ।

  • १० असार २०७८, बिहीबार प्रकाशित

  • Nabintech