झापामा मास्क बितरण

असल शासन प्रतिनिधि

झापामा मास्क बितरण

झापा/ बास झापाको आयोजनामा कोभिड विरुद्ध जनचेतना मुलुक कार्यक्रमका साथै मास्क बितरण कार्यक्रम सम्पन्न भएको छ।

लेखनाथ चोक चन्द्रगढीमा भद्रपुर ट्राफिक प्रहरी प्रमुख जनक तिमिल्सिनाले उद्घाटन गरेको कार्यक्रममा बास झापा अध्यक्ष अर्जुन खरेलले कार्यक्रम बारे बोलेका थिए ।

लेखनाथ चोक बाट बिरेन्द्र मा. बि. हुँदै बोक्तवारिका चिया मजदुर, भद्रपुर १० कलबलगुरी सुकुम्बासी बस्तीका सुकुम्बासीहरुलाई मास्क प्रदान गरिएको थियो । बासको मास्क बैंकको सहकार्यमा शाखाले १ हजार मास्क बितरण गरेको हो ।

  • १२ असार २०७८, शनिबार प्रकाशित

  • Nabintech