एसपी रानाको कार्यकाल सफल

मोष्ट वाण्टेड पक्राउदेखि लागु औषध र तस्करी नियन्त्रणमा उल्लेख्य सफलता

असल शासन प्रतिनिधि

नेपालगञ्ज, असार ११ । जिल्ला प्रहरी कार्यालय बाँकेको प्रमुखको रुपमा एसपी ओम बहादुर रानाले पदभार ग्रहण गरेपछि गत एक वर्षको अवधीमा जिल्लाको शान्ति सुरक्षा, अपराध नियन्त्रण लगायत कोभिड व्यवस्थापनमा समेत विभिन्न उल्लेख्य कामहरु गरिएका छन् ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार, एसपी रानाले बाँकेको कमाण्ड सम्हालेपछि विभिन्न अपराधिक गतिविधि गरेर बर्षौदेखि फरार रहेका ६०२ जना अभियुक्तहरुलाई पक्राउ गरिएको, जिल्ला प्रहरी कार्यालय बाँके तथा मातहत समेतमा कुल ७२५ मुद्दामा विभिन्न अपराधमा संलग्न (कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जबरजस्ती करणी, चोरी, डकैती, गुण्डागर्दि गर्ने) ११३५ जना लाई पक्राउ गरि कानून बमोजिम कारबाही गरिएको, सडक दुर्घटना रोकथाम तथआ न्यूनिकरणका लागि ट्राफिक व्यवस्थापन, महिला हिंसा विरुद्ध Safety Pin Campaign, चेलिवेटी वेचविखन विरुद्धको अभियान, लागु औषध निष्तेज महाअभियान चलाईएको, तस्करी नियन्त्रणमा उल्लेख्य प्रगति भएको, राजस्व संकलन बढेको, प्राकृतिक श्रोतको दोहन रोक्न कदम चालिएको र कोरोना नियन्त्रणमा समेत उल्लेख्य कार्य गरिएको छ ।

अपराधिक गतिविधी नियन्त्रण गरेर शान्तिसुरक्षा बलियो बनाउनुका साथै कोभिड नियन्त्रणमा सहयोग र तस्करी नियन्त्रणलाई प्रमुख प्राथमिकता दिएर कार्यकाल शुरु गरेको जनाउँदै एसपी रानाले अहिले सरुवा भएर जाने बेलामा आफ्नो कार्यकाल सफल भएको अनुभूति भैरहेको बताए । दुई दिन पहिले मात्र रानाको बाँकेबाट भैरहवामा सरुवा भएको छ ।

उनले गत एक वर्षमा बाँकेमा मोस्ट वान्टेड सुचिमा रहेका अपराधी सहित अदालत बाट कैद तथा जरिवाना भई फरार रहेका ४७० जना, मुद्दा अदालतमा रही मुलतवीमा रहेका ४७ जना र प्रहरीमा मुद्दा दर्ता रही लामो समय देखी फरार रहेका ८५ जना गरि कुल ६०२ जना फरार अपराधीलाई पक्राउ गरेर ४५ लाख रुपियाँ असुल गरेको, अन्य विभिन्न जरिवाना र कारवाहीबाट ५ करोड ४८ लाख ९३ हजार राजस्व संकलन गरिएको तथा ५ करोड भन्दा बढीको ढुंगा बालुवा गिट्टी सिज गरिएको बताए ।

अपहरण गरेर हत्या गर्ने तीन जना मोस्ट वान्टेडलाई पक्राउ गरेको, सहकारीमा ४३ करोड हिनामिना गर्ने मध्ये ७ जनालाई पक्राउ गरिएको, २ करोड ५० लाख लिई नागमणी दिन्छु भन्ने तीनजनालाई पक्राउ गरिएको, ९ जनालाई ८ वटा अवैध हातहतियारसहित पक्राउ गरिएको, राष्टिय अनुसन्धानका सुचक प्रविण थापाको हत्यामा संलग्न ७ जनालाई पनि पक्राउ गरेर कारवाही अगाडी बढाईएको एसपी रानाले बताए ।

यसैगरि गत एक वर्षको अवधीमा जिल्लामा तस्करी नियन्त्रण गर्ने क्रममा तस्करीमा प्रयोग भएका ६१ वटा मोटरसाइकल, ५६० वटा साइकल, २८ वटा ई रिक्सा, २ बालेरो भ्यान र ३ ट्रकसहित १९३ जनालाई पक्राउ गरेर २ करोड ९ लाख भन्दा बढी राजस्व संकलन गरिएको उनको भनाई रहेको छ ।

एसपी राना आउनु भन्दा अघिल्लो वर्षमा ५२ जना मात्र फरार अपराधी पक्राउ परेका थिए भने २ करोड १२ लाख मात्र विभिन्न जरिवाना र कारवाहीबाट राजस्व संकलन भएको थियो ।

भारतीय सीमानासंग जोडिएको बाँकेमा लागु औषधको सेवन र कारोबार बढ्दै गएको र वन्यजन्तु तस्करी पनि बृद्धि भएको अवस्था रहेकोले सो बारेमा विशेष अभियान सञ्चालन गरेर ५६८ ग्राम भन्दा बढी ब्राउन सुगर, ३४ किलो भन्दा बढी अफीम, २० किलो भन्दा बढी चरेस, ६८ किलो भन्दा बढी गाजा र ३६ लिटर भन्दा बढी कोरेक्ससहित १८२ जनालाई पक्राउ गरिएको एसपी रानाले बताए ।

यस्तै कोरोना व्यवस्थापनमा एक वर्षको अवधीमा ३४ वटा आइसोलेसनको व्यवस्थापन गरिएको, २ वटा होल्डिंग सेन्टरको व्यवस्थापन गरिएको, अस्पताल र अक्सिजन प्लान्टको विशेष सुरक्षा मिलाईएको, जिल्लाका ८१ वटा वडामा खोई मास्क अभियान सञ्चालन गरेर १० हजार भन्दा बढी मास्क वितरण गरिएको छ ।

सोही प्रकारले गुण्डागर्दी गर्ने १६ जनालाई कारवाही गरिएको, रातको समयमा हो हल्ला गरि हिड्ने ४४५ जनालाई कारवाही गरेर शान्त पारिएको तथा चोरी भएका ८ वटा मोटरसाइकल र ५५ वटा मोबाइल फोन खोजतलाश गरि सम्बन्धित व्यक्तिलाई बुझाईएको पनि जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सोही अवधीमा ४३ जनाको भारतबाट उद्धार गरिएको, साइबर अपराधका १४ वटा मुद्दामा मिलापत्र गराउनुका साथै, बालविवाह रोकथाम र छाडा चौपायाको व्यवस्थापन पनि गरिएको छ ।

जुवा तास नियन्त्रणका साथै प्रहरीका लागि भवन निर्माण तथा सवारी साधन उपलब्ध गराउन पनि एसपी रानाले उल्लेख्य कार्य गर्नु भएको जिप्रका बाँकेले जनाएको छ ।

गत असार ५ गते प्रहरी प्रमूखका रुपमा बाँके प्रहरीको कमाण्ड सम्हाल्नु भएका एसपी रानाले पत्रका भेटघआट मार्फत मुख्य १७ बुदे कार्ययोजना बनाई प्रस्तुत गर्नु भएको थियो । उहाको कमाण्ड रहेको बाँके प्रहरीले एक वर्ष भित्र अधिकांस कार्ययोजनाहरु कार्यन्वयन गर्न सफल भएको छ ।

 

 

 

 

 

  • १३ असार २०७८, आईतवार प्रकाशित

  • Nabintech