रुकुम पूर्वको भूमे गाउँपालिकामा ‘पब्लिक हाजिरी’

असल शासन प्रतिनिधि

रुकुम पूर्व / रुकमु पूर्वको भूमे गाउँपालिकाले कार्यालयमा कार्यरत कर्मचारीहरुको हाजिरीलाई सेवाग्राहिले निगरानी गर्न सक्नेगरी सार्वजनिक रुपमा गर्ने व्यबस्था गरेको छ । कार्यालयको सेवा प्रवाहको लागि कर्मचारीको उपस्थितीलाई पारदर्शि बनाउन रुकुम पूर्वको भूमे गाउँपालिकाले पब्लिक हाजिरीको व्यबस्था गरेको हो ।

कर्मचारीहरुको उपस्थितिलाई नियमित गराउँन र आएको गएको कुरा सेवाग्राहिले पनि प्रष्टैसँग देख्न सक्ने गरी पब्लिक हाजिरीको व्यवस्था गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठले बताए । ‘को को कर्मचारीहरु कार्यालयमा हुनुहुन्छ भनेर सोधिरहन पर्दैन’ प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले भने ‘कार्यालय परिसरमा राखिएको यस हाजिरी विवरणले हामीलाई कर्मचारीको समयमै उपस्थित हेर्न र सेवाग्राहिलाई सेवा लिन सहज बनाएको छ ।’

गत बर्षको मंसिरबाट नै सुरुवात गरिएको उक्त व्यवस्थाले सेवाग्राहिलाई कर्मचारी छ कि छैन भन्ने जानकारी हुने र कर्मचारीलाई पनि कार्यालयको नियमितता र कार्यकक्षमा बसिरहन नैतिक दवाव पुग्ने गरेको छ । ‘यस खालको व्यवस्थाले सेवाग्राहिलाई पालिकामा कति कर्मचारी छन् भन्ने थाहा हुने र कोहि कर्मचारी अनुपस्थित भएमा फलानो कर्मचारीलाई देखिन नि भनेर भन्ने छन्,’ प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले उल्लेख गरे, ‘यसले हामीलाई सेवाग्राहिमैत्री बन्न थप दवाव दिने रहेछ ।’

कर्मचारीहरुको उपस्थितिलाई सेवाग्राहिले पनि निगरानी गर्न पाउँछन् भनेर पनि सार्वजनिक रुपमा हाजिरी देखाउने व्यवस्था गरिएको भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढाले बताए । उनका अनुसार फाँट फाँटमा गएर आए नआएको हेर्नुभन्दा सबैले देखिनेगरी राख्दा सहज हुने भएकोले पब्लिक हाजिरीको व्यवस्था गरिएको छ । कार्यालय परिसरमा सबैले प्रष्टसँग देख्ने गरी राखिएको हाजिरी विवरण कर्मचारीहरु कार्यालय समयमा आउँदा उपस्थित र जाँदा अनुपस्थितको जनाउ दिएर जान्छन् ।

  • १३ असार २०७८, आईतवार प्रकाशित

  • Nabintech