फरार प्रतिबादी लोहार पक्राउ

असल शासन प्रतिनिधि

फरार प्रतिबादी लोहार पक्राउ

नेपालगन्ज/ बैङ्किङ कसुर मुद्दामा संलग्न फरार प्रतिवादी पक्राउ परेका छन् ।

नेपालगन्ज उपमहानगरपालिका  वडा नम्वर १८ का महेन्द्र लोहारलाई बाँँके प्रहरीले आईतवार पक्राउ गरेको हो ।

जिल्ला कैलाली टिकापुर घर भई कारकादो बस्ने बर्ष ३५ का लोहारलाई बैङ्किङ मुद्दामा जिल्ला अदालत बाँकेले २०७६ पौष २३ गते ८ दिन कैद र एघार लाख पच्चिस हजार रुपैयाँ जरिवाना तोकेको थियो ।

अदालतको आदेश लगत्तै फरार उनलाई प्रहरीले पक्राउ गरी आवश्यक कारवाही अगाडि बढाएको जनाएको छ ।

  • १३ असार २०७८, आईतवार प्रकाशित

  • Nabintech