रोहिणी गाउँपालिकामा हेल्पडेस्क प्रभावकारी

असल शासन प्रतिनिधि

भैरहवा / रोहिणी गाउँपालिका रुपन्देहीमा सञ्चालीत नागरिक सहायता कक्ष (हेल्पडेस्क) प्रभावकारी भएको सरोकारवालाले बताएका छन् ।
रोहिणी गाँउपालिकाको सहयोगमा बास रुपन्देहीद्धारा सञ्चालीत कार्यक्रमको आज सम्पन्न समिक्षा कार्यक्रममा उक्त कुरा बताईएको हो । गाँउपालिकामा आउने सेवाग्राहीलाई सहयोग गर्ने उद्धेश्यले सञ्चालन गरिएको हेल्पडेस्कले कार्यालयको सेवा प्रवाहमा सहजता ल्याएको सहभागिहरुको भनाई थियो । कार्यालयमा आउने सेवाग्राहीहरुको हेल्पडेस्क मार्फत काम हुदा गाँउपालिका प्रति सेवाग्राहीहरुको सोचाई सकारात्मक भएको उनीहरुको भनाई थियो । कार्यक्रममा सहभागि जनप्रतिनिधिहरुले हेल्पडेस्कले सेवा प्रवाहलाई सहज गर्ने भन्दै वडाहरुमा समेत विस्तार गर्न पहल गर्ने बताएका थिए ।


रोहिणी गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोम न्यौपानेको अध्यक्षतामा भएको समिक्षा कार्यक्रममा नागरिक सहायता कक्षा (हेल्पडेस्क) मार्फत प्राप्त उपलब्धीको बिषयमा सहजकर्ता बास रुपन्देहीका निर्देशक बिजया खत्रीले जानकारी गराएकी थिईन् । कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी लगायत सरोकारवालाको सभागिता रहेको थियो ।

  • १३ असार २०७८, आईतवार प्रकाशित

  • Nabintech