राप्ती पीडित बनमा वृक्षारोपण

असल शासन प्रतिनिधि

नेपालगन्ज / बाकेको राप्ती पीडित सामुदायिक बनमा वृक्षारोपण गरिएको छ ।
राष्ट्रिय वृक्षारोपण दिवशको अवसरमा राप्तीसोनारी गाँउपालिका ५ स्थित उक्त बनमा आज वृक्षारोपण गरिएको हो ।

दिवसको अवसरमा ५ हेक्टर क्षेत्रमा ८ हजार बिरुवा लगाईएको डिभिजन वन कार्यालय बाँकेका प्रमुख राजु क्षेत्रीले बताए । बृक्षारोपण कार्यक्रममा डिभिजन बन कार्यालय बाँकेका प्रमुख राजु क्षेत्री, बर्दिया रास्टिय निकुञ्जका वाडेन श्याम कुमार शाह बनका कर्मचारी, सामुदायिक बनका पदाधिकारी, हरित अभियन्ता हेमन्त राज काफ्ले लगायतको सहभागीतामा रहेको थियो । लगातार उक्त क्षेत्र अतिक्रमणको चपेटामा परेपछि अतिक्रमित टहरा हटाएर बिरुवा लगाईएको बताईन्छ । कार्यक्रमको उद्घाटन बाके रास्ट्रय निकुञ्जका वाडेन श्याम कुमार शाह ले बिरुवा लगाएर गरेका थिए । डिभिजन बन कार्यालय बाकेको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

 

  • १४ असार २०७८, सोमबार प्रकाशित

  • Nabintech