बिद्युत अनियमितता बिरुद्ध डेलिगेशन

तत्काल समस्या समाधान गर्ने प्रतिबद्धता

असल शासन प्रतिनिधि

नेपालगञ्ज/नेपालगञ्जको चर्काे गर्मि, दिनहुँ बिद्युत आपुर्तिमा चरम अनियमितता । जसबाट नेपालगञ्जबासी आजित छन् ।

आजित नेपालगञ्जबासीका तर्फबाट बुधवार बाँके स्थित नागरिक समाजका प्रतिनिधिहरुले नेपाल बिद्युत प्राधिकरण नेपालगञ्ज बितरण केन्द्रको ध्यानाकर्षण गराएका छन् ।

स्वस्फुर्त रुपमा बिद्युतको ध्यानाकर्षण गराउन बिद्युत कार्यालय पुगेका नागरिक समाज तथा व्यवसायिक अगुवाहरुले बिद्युतको कार्यालयमैं पुगि ध्यानाकर्षण गराएका हुन् ।

अगुवाहरुले नेपालगञ्ज लोडसेडिङ्ग मुक्त भएतापनि दिनहुँ बिद्युत अनियमित भएको भन्दै तत्काल बिद्युत प्रबाह नियमित गर्न कार्यालय प्रमुख लखन लला मल्लिकसँग आग्रह गरे ।

नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले नेपालगञ्जलाई आवश्यक बिद्युत क्षमता हुँदा समेत बिद्युत अनियमित हुनु व्यवस्थापनको कमजोरी रहेको बताए । बिद्युत गैर जिम्मेवार हुँदा उपभोक्ताहरुले सास्ति भोगेको उनले बताए ।

बिना जानकारी पटक, पटक बिद्युत लाईन काटिदा उद्योगी, व्यवसायिहरु मर्कामा परेको नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष अव्दुल वाहिद मन्सुरीले गुनासो गरे ।

नेपालगञ्ज उद्योग बाणिज्य संघका महासचिव चिरिञ्जिवी वलीले आम उपभोक्ताहरुको गुनासोे सुनुवाई नभएको बताए ।

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले बिद्युत प्राधिकरण गैर जिम्मेवार हुँदा नेपालगञ्जवासीले दुःख भोग्नु परेको बताए । गैसस महासंघ नेपाल बाँकेका अध्यक्ष नमस्कार शाहले बिद्युत प्रबाहमा भईरहेको अनियमितता तत्काल रोक्न माग गर्दै आम उपभोक्तालाई सहि सूचना प्रबाह गर्ने व्यवूथा मिलाउन आग्रह गरे ।

शिक्षक हेमन्त काफ्ले, अधिकारकर्मी भोला महत, अधिबक्ता बिकास आचार्य, व्यवसायी मिना ढकाल, आदेश अग्रवाल, निलराज अधिकारी लगायतले बिद्युत चरम रुपमा अनियमित हुने, सो बारे सूचना प्रबाह आम उपभोक्ताई नहुने, गुनासो सुनुवाई नहुने गरेको गुनासो गरेका थिए ।

गुनासो सुनुवाई गर्दै कार्यालय प्रमुख मल्लिकले प्राविधिक कारणले बिद्युत सेवा अनियमित हुने गरेको बताउँदै तत्काल समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

  • १६ असार २०७८, बुधबार प्रकाशित

  • Nabintech