चितुवाको छाला सहित २ जना पक्राउ

असल शासन प्रतिनिधि

बाँके/ बाँके,बाँकेमा चितुवाको छाला सहित २ जना पक्राउ परेका छन ।

बाँके राप्तीसोनारी गाँउपालिका वडा नं.१ कुशुम बजार स्थित वन्यजन्तुको छालाको खरिदविक्री भईरहेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले चितुवाको छाला सहित २ व्यक्तिलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दाङ घोराही उप–महानगरपालिका वडा नं.९ वस्ने वर्ष ३२ को सन्तोष कुवर र दैलेख भैरवी गा.पा.वडा नं.३ वस्ने वर्ष १९ को जितेन्द्र शाही पक्राउ परेका हुन ।

कुवरले रा ४ प ६५०४ नं.को स्कुटी चलाएका थिए भने शाही पछाडि बसेका थिए ।

स्कुटि रोकी चेकजाँच गर्ने क्रममा उक्त स्कुटीको डिक्की भित्र कालो झोलामा रहेको सेतो खैरो रंगको चरीबाघ (चितुवा) को जस्तो देखिने छाला थान –१ (३ फिट ३ ईन्च लामो) फेला पारी बरामद गरेको प्रहरीले जनाएको छ ।

राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (१) बमोजिमको ५ लाख देखी १० लाख सम्म जरिवाना र ५ वर्ष देखी १५ वर्ष सम्म कैद वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था रहेको छ ।

 

  • १६ असार २०७८, बुधबार प्रकाशित

  • Nabintech