सिन्धुपाल्चोकको हेलम्वुमा सहयोग

असल शासन प्रतिनिधि

सिन्धुपाल्चोक / अविरल वर्षाका कारण आएको बाढीबाट बिस्थापित भएका सिन्धुपाल्चोकको हेलम्बुका ३५ घर परिवारलाई राहत बितरण गरिएको छ ।

बासको केन्द्रीय कार्यालय नेपालगन्ज, अप्टिमिस्ट क्लव अफ नेपालगन्जको आयोजना र बास सिन्धुपाल्चोक शाखाको संयोजनमा राहत प्रदान गरिएको हो ।

प्रती घर परिवारलाई १ किलो चिनी, १ प्याकेट चिया व्याग, १ वटा नुहाउने साबुन, २ वटा कपडा धुने साबुन, २ किलो पिठो,१ प्याकेट मस्यौरा, १ वटा छाता, १ वटा पछ्यौरा, १ वटा सेनिटाईजर, ५० थान सर्जिकल मास्क, १ प्याकेट दूध पाउडर, १ प्याकेट दालमोठ १ प्याकेट पुलनदाना, २ किलो चना, १ प्याकेट चिउरा प्रदान गरिएको थियो ।

बास बाग्मती प्रदेश सह-संयोजक निर्मला श्रेष्ठ, सिन्धुपाल्चोक शाखा अध्यक्ष शान्ती थिङ, सदस्यहरु सुमि श्रेष्ठ, दिकु तामाङ र अनु श्रेष्ठ हेलम्बुमा पुगेर राहत बितरण गरेका थिए ।

  • १६ असार २०७८, बुधबार प्रकाशित

  • Nabintech