नेपालगञ्जकी उपमेयर उमा थापालाई पितृशोक

असल शासन प्रतिनिधि

नेपालगञ्ज / नेपालगन्ज उप–महानगरपालिकाका उपमेयर उमा थापालाई पितृ शोक परेको छ ।

नेपाल राष्ट्रिय मगर संघ केन्द्रीय समितिका सह–महामन्त्री समेत रहनु भएकि उपमेयर थापाका ८१ बर्षि बुवा तिल बहादुर थापामगरको गत ११ गते शुक्रबार भारतको सहारा हस्पिटलमा निधन भएको थियो ।

२० वर्षदेखि प्यारालाइसिस रोगबाट ग्रसित थापाका एक मात्र छोरा अमेरिकामा रहेको हुँदा आज छोरा आएपछि राप्ती नदिमा अन्तिम अन्तेष्टी गरिएको बताईएको छ । उपमेयर उमा थापा सहित ३ जनाले सामुहिक दागबत्ती दिनुभएको छ ।

स्वर्गिय थापाका १ श्रीमती, ६ छोरी र १ छोरा हुनुहुन्छ। उहाँ भारतीय सेनाका अवकास प्राप्त सुवेदार हुनुहुन्थ्यो ।

  • १६ असार २०७८, बुधबार प्रकाशित

  • Nabintech