आवश्यक काम नपरेसम्म बाहिर ननिस्कन आग्रह

सुमन गिरि

कोरोना महामारिको दोस्रो लहर यसरि आउन सक्छ भनेर हामीले सोचेका थिएनौ । अरु देशमा देखिए पनि नेपालमा फेरि एक्कासि यसरि कोरोनाको संक्रमण बढ्ला भन्ने सोचेका थिएनौ । तर सोचेको भन्दा धेरै फरक भयो । कोरोना महामारिको दोस्रो लहरमा स्वास्थ्य क्षेत्रमा धेरै कुराको अभाव भयो । जस्तै बेड, अक्सिजन ।

अक्सिजन र बेडको अभावले धेरै विरामी लाई हामीले गुमाउनु प¥यो । अहिलेको समयमा यो महामारिलाई हामीले पुर्ण रुपमा निर्मुल पार्न नसके पनि केहि हदसम्म कम गर्न सक्छौ । आम नागरिकहरुले सरकार र विश्व स्वास्थ्य संगठनले निर्देशित गरेका कोभिड रोकथामका उपायहरु अनुशासित रुपमा पालना ग¥यौ भने कोरोना संक्रमण धेरै कम हुन्छ ।

यो समयमा सरकारले कोभिड विरुद्धको खोपमा विशेष ध्यान दिनुपर्छ । कोभिडको तेस्रो लहर पनि आइसकेको छ । धेरै जना विरामीहरुको आत्मविश्वास गुमाएर पनि ज्यान गईरहेको छ । तेस्रो, चौथो जति लहर आएपनि हामीले आत्मविश्वास गुमाएनौँ भने र सावधानिका उपाय सबैले अनुशासित ढङ्गले पालना ग¥यौ भने जुनसुकै लहरलाई पनि पराजित गर्न सफल हुनेछौ ।

हामीले दिन रात नभनी हजुरहरुको सेवामा खटिएका छौ । अस्पताल, विभिन्न संस्थाहरु र होम आइसोलेसनमा गएर मैले काम गरिरहेकि छु । सवैजना घरमै सुरक्षित सँग बस्नुहोला, आवश्यक काम नपरे सम्म बाहिर ननिस्कदिनु होला ।

(नेपालगंज बाँके निवासी सुमन पेशाले नर्स हुनुहुन्छ ।)

प्रस्तुतिकरण : जस्मिन शाह

  • १६ असार २०७८, बुधबार प्रकाशित

  • Nabintech