खै कोभिड बिरुद्धको खोप ?

एङ्गिरा रेग्मी

हामीले कोरोना महामारिको पहिलो लहरबाट थुप्रै कुराहरु सिकिसकेका थियौं । कोभिडको दोस्रो लहर आउँदा पहिलो लहर जस्तो आतंकित भएनांै । दोस्रो लहर आउँदा नर्स भएको नाताले म कोभिड बिरुद्धको खोप लगाउने कार्य तर्फ बढि व्यस्त भएँ ।

कोभिड बिरुद्धको खोपले कोभिड लाग्नै दिंदैन भन्ने होइन तर यस खोपले कोभिड लागि हाल्यो भनेपनि जटिल अवस्थामा जान दिदैन । समुदायका मानिसहरुमा जनचेतनाको अभाव अझैं व्याप्त छ । धेरै नागरिकहरु खोप लगाउन इन्कार गर्नुहुन्छ ।

सरकारले कोभिड बिरुद्धको खोपको बारेमा समुदायमा जनचेतना जगाइदिएको भए कोभिड संक्रमण कम हुनमा सहयोग पुग्थ्यो । कोभिड बिरुद्धको खोपको अभाव छ । सरकारले कोभिड विरुद्धको खोप सबैलाई उपलब्ध गराउन जरुरी छ ।

(रेग्मी नेपालगञ्ज मेडिकल कलेजमा नर्सको रुपमा कार्यरत हुनुहुन्छ ।)

प्रस्तुतिकरण : जस्मिन शाह

 

  • १७ असार २०७८, बिहीबार प्रकाशित

  • Nabintech