बुगाणेबाट खस्दा बालकको निधन

असल शासन प्रतिनिधि

दैलेख/दैलेखको आठबिस ६ सिंहासैनको बुगाणे बनको भिरबाट लडेर एक बालकको निधन भएको छ ।

स्थानीय धन बहादुर चन्दका ९ बर्षिय एक मात्र छोरा कपिल चन्दको लडेर निधन भएकोहो ।

बाख्रा गोठालो गएको बेला सल्लीपिरल (सल्ले कुसुम) मा खेल्ने क्रममा चिप्लिएर करिव एक हजार मिटर तल खसेका चन्दको घटना स्थलमैं निधन भएको स्थानीयले जनाएका छन् ।

स्थानीय कालिका मा.बि. सिंहासैनका प्रधानाध्यापक चक्र बहादुर शाहीका अनुसार, असार १७ गते बिहिवार दिउसो ३ बजे उक्त घटना घटेको हो ।

चन्दसँगै बाख्रा गोठालो गएका अन्य दुई जना बालकहरुले घटना बारे अभिभावकहरुलाई जानकारी गराएपछि घटना स्थलमा स्थानीयहरु पुगेका थिए । घटना स्थलमा पुग्दा बालक चन्द मृत फेला परेका थिए । घटना पश्चात आफन्तहरु शोकमा डुबेका छन् ।

जानकारी अनुसार, मृतक चन्दको दाहसंस्कार भईसकेको छ ।

 

  • १८ असार २०७८, शुक्रबार प्रकाशित

  • Nabintech