धुम्रपान बिरुद्ध सन्देशमुलक डकुड्रामा सार्वजनिक

असल शासन प्रतिनिधि

नेपालगञ्ज / मे ३१ मा मनाईने बिश्व धुम्रपान रहित दिवसको सन्दर्भ पारेर बासले धुम्रपान बिरुद्ध सन्देशमुलक डकुड्रामा उत्पादन गरेको छ ।

धुम्रपान बिरुद्ध सन्देश प्रबाह गर्ने उद्धेश्यले उत्पादन गरिएको साथि नामक डकुड्रामा असार १८ गते सामाजिक सञ्जालहरु मार्फत सार्वजनिक गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका, स्वास्थ्य कार्यालय, बाँके र खजुरा गाउँपालिकाको सहयोगमा तयार पारिएको श्रव्यदृश्य २० मिनेटको रहेको छ ।

धुम्रपान, सुर्तीजन्य पदार्थको प्रयोग, त्यसको प्रयोगबाट पुग्ने असर लगायतका बिषयमा केन्द्रीत साथि नामक श्रव्यदृश्यमा मन भण्डारी, जस्मिन शाह, शोभा थापा मगर, लोक बहादुर घर्ति, श्रुती चौधरी, दिला शाह, सरिता बि.क., अशोक रावल, तपेन्द्र मलातीले अभिनय गरेका छन् ।

मन भण्डारीको कथा, लोक बहादुर घर्ति मगरको निर्देशनमा सो श्रव्य दृश्य उत्पादन भएको हो ।

श्रब्यदृश्य हालको बिषम परिस्थिती पश्चात हुने बिभिन्न कार्यक्रमहरुमा समेत प्रर्दशनी गरिनेछ ।

डकुड्रामाको पुरा भाग हेर्नका लागि यो लिंकमा जान सक्नुहुनेछ ।

।https://www.youtube.com/channel/UCEDQOIvpI_DorixjQrNUiXw/videos

  • १८ असार २०७८, शुक्रबार प्रकाशित

  • Nabintech