बिद्युत प्राधिकरणसँग सूचना माग

असल शासन प्रतिनिधि

नेपालगञ्ज/बिद्युत अनियमितताका बिषयमा आज सूचना माग गरिएको छ ।

नेपालगञ्ज लोडसेडिंग मुक्त हुँदा पनि दिनहुँ बिद्युत सेवा अनियमित हुन थालेपछि नेपाल बिद्युत प्राधिकरण नेपालगञ्ज बितरण केन्द्रसँग असार १८ गते सूचना माग गरिएको हो ।

सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ बमोजिम सूचना माग गर्दै स्थानीय युवाहरुले नेपालगञ्ज बितरण केन्द्रमा निबेदन दर्ता गराएका हुन् ।

नेपालगञ्ज १२ का नमस्कार शाह, लुना बुढाथोकी, मुना बिष्ट नेपालगञ्ज २२ का शिबकुमार बर्मा, लोक बहादुर घर्ती मगर र नेपालगञ्ज १० का हेमराज भट्टले सूचनाख माग गर्दै निबेदन दर्ता गराएका हुन् ।

उनीहरुले बिद्युतसँग माग गरेका सूचनाहरुमा नेपालगञ्ज लोडसेडिंग मुक्त हुँदा पनि बिद्युत अनियमित हुनुको कारण, एक दिनमा बिद्युत सेवा अवरुद्ध हुने समय, समस्या समाधानका लागि गरिएको प्रयास, बिद्युत सेवा अवरुद्ध हुने बारेको सूचना प्रबाह सम्वन्धि बिबरण, गुनासो सुनुवाईको व्यवस्था, कार्यालयका सूचना अधिकारी र गुनासो सुन्ने अधिकारीको नाम, पद, सम्पर्क नम्वर र हाल बिद्युत सेवा अवरुद्ध हुने बारे जारी गरिएको सूचनाको छायाँकपि लगायत रहेका छन् ।

  • १८ असार २०७८, शुक्रबार प्रकाशित

  • Nabintech