प्रदेश प्रशिक्षण प्रतिष्ठान नेपालगञ्जसँग सूचना माग

असल शासन प्रतिनिधि

नेपालगञ्ज/प्रदेश प्रशिक्षण प्रतिष्ठान नेपालगञ्जसँग सूचना माग गरिएको छ ।

सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ बमोजिम नेपालगञ्जका पाँच युवाहरुले संयुक्त रुपमा असार १८ गते सूचना माग गरेका हुन् ।

माग गरिएका सूचनाहरुमा प्रशिक्षण केन्द्रले यस आ.ब.मा सञ्चालन गरेको कार्यक्रम तथा बजेट बिबरण, संस्थाहरुद्धारा सञ्चालन गरिएको कार्यक्रम बिबरण, संस्था छनौट प्रकृया, संस्थालाई कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी दिनका लागि अवलम्वन गरिएको प्रकृया, निर्णयको छायाँकपि, संस्थाहरुसँग गरिएको सम्झौताको छायाँकपि, गैर सरकारी संस्थाहरुकोे सुचिकृत बारे जानकारी, कार्यालयबाट अनगुगमनका लागि कर्मचारीहरुलाई बितरण गरिएको भत्ता बारेको जानकारी, कार्यालयबाट भएको ईन्धन बाफतकोे खर्च र सो को बिल, भपाईको छायाँकपि लगायत रहेका छन् ।

नेपालगञ्ज–१२ का नमस्कार शाह, लुना बुढाथोकी, नेपालगञ्ज–२२ का शिबकुमार बर्मा, लोक बहादुर घर्ती र नेपालगञ्ज–१० का हेमराज भट्टले संयुक्त रुपमा सूचना माग गरेका हुन् ।

  • १८ असार २०७८, शुक्रबार प्रकाशित

  • Nabintech