ईन्सपाईरिंग युथमा कर्ण शाक्य

असल शासन प्रतिनिधि

नेपालगञ्ज/युवा लक्षित कार्यक्रम ईन्स्पाईरिङ्ख युथको २१६ औं श्रृंखला सम्पन्न भएको छ ।

जुमका माध्यमबाट असार १८ गते शुक्रवार भएको कार्यक्रममा सकारात्मक सोचका प्रणेता कर्ण शाक्यले सकारात्मक सोचको खोज बिषयमा प्रबचन दिएका थिए । बास र सोच समूह नेपालगञ्जको संयुक्त आयोजनामा सो कार्यक्रम भएको थियो ।

कार्यक्रममा बोल्दै सोच सोचका प्रणेता शाक्यले राजनीति र समाज सेवालाई कसैले पेवा बनाउन नहुने बताए ।

मान्छे भएर जन्मिए पछि सोच सकारात्मक बनाउन जरुरी रहेकोे र सोच भन्दा ठुलो अरु केहि नहुने उनले बताए ।

गरिब भएर जन्मिनु लाजमर्दाे कुरा होईन तर गरिब भएरै मर्नु भने लाज मर्दाे कुरा हो –उनले भने –त्यसैले आर्थिक रुपमा मात्र गरिव होईन, बिचार र भावनामा पनि कोही व्यक्ति गरिव हुनुहुँदैन ।

खाली सास मात्रै फेरेर लास हुनु भन्दा आश गरेर सास फेर्नु उकृष्ट कार्य भएको उनले बताए । माल भएर पनि चाल नपाउने, सुनको थाली लिएर भिक्षा माग्ने कार्य कुनै पनि नागरिकले गर्न नहुने बताएका शाक्यले आम जनता अझैं नागरिक बन्न नसकेको बताए ।

राजाको पालामा प्रजा, प्रजातन्त्र, लोकतन्त्रको समयमा जनता भएका नेपालीहरु अझैं कर्तव्यवोध सहितको नागरिक बन्न नसकेको धारणा उनले राखे । सकारात्मक सोचलाई प्रबद्र्धन गर्नका लागि ३, ४ बर्ष अघिबाट शुरुवात गरेकोे सकारात्मक सोच अभियान देशैरभ बिस्तार हुँदै दर्जनौं मुलुकहरुमा बिस्तार भएको उनले बताए ।

बासका कार्यकारी निर्देशक नमस्कार शाहले सञ्चालन गरेको कार्यक्रममा म नागरिक कसरी बनुँ बोलको गित प्रश्तुत गरिएको थियो । कार्यक्रममा ५० बढिको सहभागिता रहेको थियो ।

हरेक शुक्रवार हुने ईन्सपाईरिंग युथ कार्यक्रम कोरोना संक्रमणका कारण हाल जुमका माध्यमबाट सञ्चालन भईरहेको छ ।

  • १८ असार २०७८, शुक्रबार प्रकाशित

  • Nabintech