प्रदेश सरकारलाई स्वास्थ्य सामाग्री प्रदान

असल शासन प्रतिनिधि

सुर्खेत / बेलायतीनागरिक सेन हुटुङ्ग, अमरधन मेमोरियल फाउन्डेसन रधुलिखेल हस्पिटल—काठमाण्डौ युनिर्भसिटीको सहयोगमा शुक्रवार कर्णालीप्रदेश सरकारलाई स्वास्थ्य सामाग्री प्रदान गरिएको छ ।
गैर आवासीय नेपाली संघ,सुशासन प्रवद्र्धनका लागि  युवा संस्था सुर्खेत र युएनओपिएस—पिसियुको समन्वय सहकार्यमा सामाजीक विकास मन्त्री यज्ञबहादुर विसीलाई १ करोड ५० लाख बराबरको स्वास्थ्य सामाग्री प्रदानगरिएको हो ।

कोभिड १९ न्युनिकरणका लागिअक्सिजन सिलिण्डर १ सय पच्चीस थान र अक्सिजन कन्सटे«टर ५० थान प्रदान गरिएको सुशासन प्रवद्र्धनका लागि युवा संस्थाका सल्लाहकार एवम गैर सरकारी संस्था महासंघ सुर्खेतकाअध्यक्ष घनश्याम केसीले बताए ।

स्वास्थ्य सामाग्री ग्रहण गर्दै मन्त्री विसीले माहामारीको समयमा राज्यले मात्रै केहीगर्न नसक्ने बताउदै यस्तै सहयोगले माहामारी नियन्त्रणमा सहयोग पुग्ने बताउदै गैर सरकारी संस्था महासंघ र सहयोगी संस्थाहरुलाई धन्यवाद ज्ञापन गरेकाथिए ।

स्वास्थ्य सामाग्री प्रदान कार्यक्रममा अमरधन मेमोरियल फाउण्डेसनका फाउण्डर त्रिलोक गुरुङ्गले भर्चुअलमार्फत हामीले पठाएका स्वास्थ्य सामाग्रीहरुले कर्णाली प्रदेशका कोभिड १९ का बिरामीहरुलाई उपचारमा सहजता ल्याउने बताए ।
गैर आवासीय नेपाली संघका कर्णाली प्रदेशका संयोजक बखत भण्डारीले भर्चुअल मार्फत आफुहरुको समन्वय तथा सहयोगमा प्रदान गरिएको स्वास्थ्य सामाग्री सही रुपमा सदुपयोग हुने अपेक्षा राखेको उल्लेख गरे ।
स्वास्थ्य सामाग्री प्रदान कार्यक्रममा कर्णाली प्रदेश योजनाआयोगका सदस्य योगेन्द्र शाही, सामाजीक विकास मन्त्रालयका सचिव कृष्णप्रसादकाप्री, महाशाखाप्रमुख वृषबहादुर शाही, जन स्वास्थ्य सेवाकार्यालयकाप्रमुख चेतनिधीवाग्ले, धुलिखेल हस्पिटल—काठमाण्डौ युनिर्भसिटीका परियोजना संयोजक टेकबहादुर थापा, युएनओपिएस—पिसियुका कर्णालीप्रदेश संयोजकपदमबिक र संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।

  • १८ असार २०७८, शुक्रबार प्रकाशित

  • Nabintech