सन्दर्भ : समाजसेवा

हरि क्षेत्री

म त हिड्छु आफ्नै बाटो खुट्टा तान्दै गर…. केहि मित्रहरूले मैले बिशेष अवस्था र अवसरहरुमा गरेको केहि सेवा- कामहरुको अनावश्यक बिज्ञापन गरेको ,पपुलर हुन खोजेको भनेको पाइयो ।।तर म आफू भन्दा पनि ती सस्थाहरुले गरेको महान मानव धर्म – कर्मको बिज्ञापन होस् ,त्यसको चौतर्फी तारिफ र प्रसम्शा होस् भन्ने चाहन्छु,बश।मेरो तत्कालै कुनै नेता हुने,चुनाव लड्ने कुनै योजना – सोच छैन।त्यसैले ब्यक्तिगत रूपमा मलाई कुनै बिज्ञापन गर्नु पनि छैन,पपुलर हुन जरुरी पनि छैन । तर,बास नेपाल जस्तो धेरै क्षेत्रमा समाज सेवा गरिरहेको सस्थामा थोरै भएपनि योगदान गर्न पाउनु- आवद्ध हुन पाउनु गौरवको कुरा हो।त्यस्तै ,अस्पताल परिसरमा बिरामी र बिरामीका कुरुवाहरुलाइ जम्मा रु बीस मा पेटभरि खाना खुवाइरहेको श्री अन्जनी माता रसोइ लाई केही सहयोग गर्नु आफैमा एउटा ठूलो मानव धर्म – कर्म हो।

सडकमा भिख मागेर होईन ,मकै पोलेर जीवन निर्वाह गरिरहेका दृस्ठिबिहिन बुवा आमालाई सहयोग गर्न पाउँदा अथाह खुशी प्राप्त हुन्छ ।र, असहाय र आश्रयबिहिन बुबाआमा तथा बालबालिकालाई उद्धार गरि आश्रय दिएर सेवा गरिरहेको निलसागर सेवाश्रम जस्तो पवित्र धाम र सर्बोच्च काम अर्को कुनै हुनै सक्दैन ।र,यस्तो सस्थालाइ सहयोग गर्न पाउनु सौभाग्यको कुरा हो।यस्ता महान र पबित्र सेवा धर्म कर्म गरिरहेका सस्थाहरुको उचित कदर ,रेक्गनिसन हुन जरुरी छ। म,पेशाले नै एउटा शिक्षक भएको नाताले कक्षाकोठा भित्र मात्र होईन ,वास्तविक जिवनमा पनि मानव धर्म – कर्मको उचित शिक्षा दिनु,सिकाउनु मेरो कर्तव्य हो- दायित्व हो।हामी आफ्ना जन्मदिन , वैवाहिक बर्षगाठ लगायतका शुभ अवसर र अन्य पर्वहरु पनि केही पबित्र काम गरेर यसरी आत्मसन्तुष्टि र खुशियालिका साथ मनाउन सक्छौं भनेर देखाउनु- सिकाउनु पनि मेरो कर्तव्य हो भनी म ठान्दछु। त्यसैले म यस्ता पोस्ट हरु सामाजिक संजालमा राख्छु।

अन्त्यमा , अरु सङ दान चन्दा संकलन गरेर अलिअलि बाड्नु राम्रो होला कि आफुले ईमानदारिका साथ काम गरेर कमाएको केही अंस – भाग मानव धर्म – कर्ममा लगाउनु राम्रो होला ??मलाई कुनै अभियन्ता बन्नु छैन र मानव सेवा नै सर्बोत्तम धर्म – कर्म हो भन्ने मान्यता राख्ने मान्छे भएको हुँदा यस्तो मानव सेवा गरिरहेका ब्यक्ति – सस्थाहरु ओझेलमा नपरुन ,चौतर्फी चर्चा होस् ,सहयोग जुटोस भन्ने नै मेरो मनशाय हो। त्यसैले ,मेरा प्रीय आलोचकहरु,सक्नुहुन्छ भने मानव धर्म – कर्म गर्नोस् ,सहयोग गर्नोस् ; सक्नुहुन्न भने ,चुपचाप बस्नोस, खुट्टा तान्ने- कुरा काट्ने र नकारात्मक टिप्पणी गर्ने काम नगर्नोस।।धन्यवाद ।।जय होस् ।।।

  • १९ असार २०७८, शनिबार प्रकाशित

  • Nabintech