अनियमित बिधुतका कारण उपभोक्ताहरु आक्रोशित

सुधारका लागि पाँच बुँदे प्रतिबद्धता

असल शासन प्रतिनिधि

नेपालगञ्ज/चर्काे गर्मिका कारण आजित नेपालगञ्जवासीहरु बिधुत प्राधिकरण बिरुद्ध आक्रोशित भएका छन् ।

बिधुत अनियमितता नरोकिएपछि स्थानीयहरु आक्रोशित बनेका हुन् ।

आक्रोशित नागरिकहरुका तर्फबाट आज जिल्ला प्रशासन कार्यालय बाँकेमा आयोजित छलफलमा बिद्युत प्राधिकरणको आलोचना भएकोे छ ।
सहायक प्रमुख जिल्ला अधिकारी शंकर बिष्टले सहजिकरण गरेको छलफलमा उपस्थित नागरिक समाज तथा व्यवसायिक अगुवाहरुले बिद्युत अनियमितता बारे गुनासो गरेका थिए ।

अगुवाहरुले नेपालगञ्ज लोडसेडिङ्ग मुक्त भएतापनि दिनहुँ बिद्युत अनियमित भएको भन्दै तत्काल बिद्युत प्रबाह नियमित गर्नुपर्ने माग उपस्थित नागरिकहरुले गरेका थिए ।

नेपाल उद्योग बाणिज्य महासंघका पूर्ब केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, नेपालगञ्ज उद्योग बाणिज्य संघका कार्यबाहक अध्यक्ष आदेश अग्रवाल, नेपालगञ्ज उद्योग बाणिज्य संघका महासचिव चिरिञ्जिवी वली, गैसस महासंघ नेपाल बाँकेका अध्यक्ष नमस्कार शाह, शिक्षक हेमन्त काफ्ले, व्यवसायी मिना ढकाल, अधिकारकर्मी बसन्त गौतम, प्रभात कुमार ठकुरी, प्रहलाद बहादुर कार्की, बिश्वजित तिवारी लगायतले बिधुतको सेवा प्रबाहको प्रभावकारिता बारे बोलेका थिए ।

नागरिकहरुको गुनासो सुनुवाई गर्दै कार्यालय प्रमुख लखन लला मल्लिक र बिधुत प्राधिकरण डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख सुरज गौतमले प्राविधिक कारणले बिद्युत सेवा अनियमित हुने गरेको बताउँदै तत्काल समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

छलफलको अन्तमा पाँच बुँदे प्रतिबद्धता व्यक्त भएको छ ।

प्रतिबद्धतामा १० दिन भित्र जडान हुन बाँकी ट्रान्सफर्मर जडान गर्ने, मर्मत लगायतका कार्यहरु गर्दा बिधुत कटौती हुने बारे आम नागरिकलाई सूचना प्रवाह गर्ने, आम उपभोक्ताहरुको गुनासो सुनुवाइका लागि तत्काल गुनासो सुनुवाइ कक्ष स्थापना गर्ने, राष्ट्रिय प्रशारणबाट प्रयाप्त बिधुत उपलब्ध गराउन माग गर्ने, ३० मेगावाट बिजुली चमेलियाबाट, ७० मेगावाट टनकपुरबाट, १० मेगावाट भारतको नानपाराबाट बिजुली नेपालगन्जका लागि आपूर्ति भएकोमा ३० एमबिएमा नेपालको बिधुतको आपूर्ती जोडिएको, ६३ एमबियमा भारतकोमा जडान गरिएकोमा ३० एमबिएमा भारतको लाईन जडान गर्न र ३० एमबिएमा भारतको लाईन जडान गर्न बिधुत केन्द्रमा माग गर्ने र चर्को गर्मी हुने नेपालगन्जका फिडरहरुमा लाईन काट्नका लागि केन्द्रबाट निर्देशन नदिनका लागि अनुरोध गर्ने उल्लेख छ ।

यसैगरी नागरिक समाजका तर्फबाट समस्या समाधानका लागि नेपाल बिद्युत प्राधिकरणलाई ज्ञापन पत्र बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी मार्फत बुझाईएको छ ।

  • २२ असार २०७८, मंगलवार प्रकाशित

  • Nabintech