राप्ती सोनारी ८ को सामाजिक परिक्षण सम्पन्न

असल शासन प्रतिनिधि

नेपालगन्ज / राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ स्थित आधारभुत स्वास्थ्य केन्द्रको सामाजिक परिक्षण गरिएको छ ।
राप्तीसोनारी गाँउपालिकाको आयोजना तथा बास नेपाल नेपालगन्जको सहजिकरणमा स्वास्थ्य संस्थाको सामाजिक परिक्षण अन्तरगत आम भेला असार २३ सम्पन्न भएको हो ।

वडा कार्यालयको हलमा भएको आमभेलाले ६ बुदें कार्ययोजना तयार गरेको छ । यसरी तयार गरिएको कार्ययोजनामा स्वास्थ्य केन्द्रमा नागरिक वडा पत्र र गुनासो पेटिका साउन भित्र राख्ने, स्वास्थ्य केन्द्रको फेस बुक पेज सञ्चालन गर्ने तथा सामाजिक सञ्जाल मार्फत स्वास्थ्य सचेतनामुलक सन्देस प्रकाशन गर्ने, स्वास्थ्य केन्द्रले गर्ने कामको बारेमा आम नागरिकलाई जानकारी गराउन नयाँ आर्थिक बर्षमा ३ पटक स्वास्थ्य सिविर सञ्चालन गर्ने, सञ्चालनमा रहेका गाउँघर क्लिनिकलाई ब्यवस्थित गर्ने र आभरीमा नयाँ गाउँघर क्लिनिक सञ्चालन गर्ने, स्वास्थ्य केन्द्रमा दक्ष जनशक्ति बिद्यमान रहेकाले आईयुसिडी, पिएमसिटी र सुरक्षित गर्भपतन सेवा सञ्चालनका लागि गाँउपालिकासँग माग गर्ने र वडा भित्र रहेका किशोरी सचेतनाकालागि ३ स्थानमा किशोरी सचेतना कक्षा सञ्चालन गर्ने रहेका छन् ।
बासका निर्देशक तथा सामाजिक परिक्षक हेमराज भट्टले सहजिकरण गरेको सामाजिक परिक्षणमा कार्यालयले गरेका कामहरुको तथ्यांक सहित प्रश्तुतीकरण स्वास्थ्य केन्द्रका प्रमुख प्रतिक्षा पुन मगरले गरेका थिए । व्यवस्थापन समिति, कर्मचारी तथा आम नागरिकहरुसँगको अन्तरवार्ता, भेटघाट, अभिमुखिकरण, लक्षित समुह छलफलबाट आएको तथ्यको प्रश्तुतीकरण सामाजिक परिक्षक हेमराज भट्टले गरेका थिए । झण्डै डेढ घण्टासम्म चलेको छलफलमा बोल्ने सहभागिहरुले स्वास्थ्य केन्द्रको सेवा प्रवाहबाट सन्तुष्ट रहेको बताएका थिए । आम भेलाको समापन कार्यक्रममा बोल्दै स्वास्थ्य ब्यवस्थापन समिति उपाध्यक्ष नैना खत्रीले सरकारले स्वास्थ्य सम्बन्धी दिएको सेवाको पूर्ण सदुपयोग गर्न नागरिकलाई अपिल गरेकी थिईन् । उनले सामाजिक परिक्षणबाट तयार गरिएको कार्ययोजना कार्यान्वयन गर्ने प्रतिबद्धता गरिन् । यसैगरी गरी कार्यक्रममा बोल्दै स्वास्थ्य ब्यवस्थापन समिति सदस्य पुष्करराज खड्काले महंगो शुल्क तिरेर क्लिनिक जानु भन्दा स्वास्थ्य केन्द्रले प्रवाह गर्ने प्रभावकारि र निशुल्क सेवा लिन सर्वसाधारणलाई अपिल गरे । आमभेलामा स्वास्थ्य ब्यवस्थापन समिति पदाधिकारीहरु, कर्मचारीहरु, स्वयम् सेवीका तथा सर्वसाधारण गरि ५५ बढीको सहभागिता रहेको थियो ।

 

  • २३ असार २०७८, बुधबार प्रकाशित

  • Nabintech