ज्याला कटौतीको बिरोधमा गाउँपालिका घेराउ

मूख्यमन्त्री स्वरोजगार कार्यक्रम अन्तरगत पूर्ण ज्याला पाउनुपर्ने माग

अशोक रावल

दैलेख / काम गरेको ज्याला नपाएको भन्दै दैलेखको डुंगेश्वर गाउँपालिकामा स्थानीयहरु आन्दोलनमा उत्रीएका छन् ।
मूख्यमन्त्री स्वरोजगार कार्यक्रम अन्तरगत काम गरेका स्थानीयहरुले पाउनु पर्ने ज्याला कटौती गर्ने पालिकाको निर्णय बिरुद्ध स्थानीयहरु आन्दोलनमा उत्रीएका हुन् । असार २३ गते देखि आन्दोलन शुरु गरेका स्थानीय यो समाचार तयार पार्दा २५० बढीको सख्यामा गाउँपालिका परिसरमा भेला भएर गाँउपालिकाको निर्णय बिरुद्ध चर्को नारावाजी गरि बिरोध गरिरहेका छन् ।

आफुलाई दिने भनीएको पारिश्रमिक नदिए गाउँपालिकामा तालाबन्दि गर्ने आन्दोलतरत स्थानीयहरुले असल शासनलाई बताए । प्राप्त जानकारी अनुसार सो कार्यक्रम अन्तरगत ४६ जनालाई प्रति दिन ५१७ रुपैया दिने गरी काममा लगाईएको भएपनि पछि गएर ९३ जनालाई काम गराईएको बताईन्छ । ४६ जनाले ६० दिन काम गरेवापत पाउनु पर्ने पारिश्रमिक रकम नदिएर ३० दिनको मात्रै दिने निर्णय पालिकाले गरेको बताईन्छ । आन्दोलनमा अधिकांस महिलाहरुको सहभागिता रहेको छ । स्थानीयहरुको आन्दोलनको कारण गाउँपालिकाको सेवा समेत अवरुद्ध भएको छ ।

  • २४ असार २०७८, बिहीबार प्रकाशित

  • Nabintech