नेपालगन्जलाई हरियाली शहर बनाउने साझा प्रतिबद्धता

असल शासन प्रतिनिधि

नेपालगन्ज / नेपालगन्ज उपमहानगरपालिकाले प्रदान गर्ने सेवा र सुविधाको प्रभावकारिता बिषयक सार्वजनिक सुनुवाई बास नेपाल नेपालगन्जको सहजिकरणमा असार २४ गते सम्पन्न भएको छ ।

नेपालगन्जको भेरी प्राविधिक शिक्षालयको सभाहलमा भएको सुनुवाईमा भएको दोहोरो प्रश्नोत्तर पश्चात नगरको विकासका लागि पाँच बुँदे साझा सार्वजनिक प्रतिबद्धताको घोषणा गरिएको छ ।

प्रतिबद्धताहरुमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ को प्रगति पथ टोल बिद्युत प्राधिकरण उत्तरको सडक निर्माणका लागि पहल गर्ने, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ को मुस्लिम टोलको नाली र फोहोरको समस्या समाधान गर्ने, नेपालगन्जलाई हरियाली शहर बनाउनका लागि व्यापक बृक्षारोपण गर्ने तथा बृक्षहरुको संरक्षणकालागि सबैले आआफ्नो तर्फबाट भूमिका निर्वाह गर्ने, नेपालगन्जमा बिद्युत शवदाह गृह बनाउनकालागि पहल गर्ने, सडकमा जडान भएका सोलार बत्ति हाल सञ्चालनमा नआएकाले तत्काल मर्मत गर्ने, पार्किङ्ग व्यवस्थित गर्नका लागि नगरभवन परिसरमा अण्डरग्राउण्ड पार्किङ्ग निर्माण गर्ने, लक्षित बर्गको उत्थानका लागि लक्षित समुह, संस्थाहरुसँग सहकार्य गर्ने, स्थानीय अस्पतालहरुको प्रचार प्रसार र प्रबद्र्धन गर्नुकासाथै अस्पताल बाट उत्पादन हुने फोहोर बिर्षजनका लागि सहकार्य गर्ने र सडकको बिचमा रहेको बिद्युतका पोलहरु हटाउनका लागि माग आएको खण्डमा उपमहानगरपालिकाबाट सहयोग गर्ने, भेरी अस्पतालबाट जेलरोड जाने दूर्गन्धित नालाको समस्या समाधान गर्न उपमहानगरपालिकाबाट डिपिआर बनाई अस्पताललाई सहयोग गर्ने प्रतिबद्धता गरिएको छ ।

यसरी गरिएका प्रतिबद्धताहरुमा नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा. धवल शम्शेर राणा, उप प्रमुख उमा थापा मगर, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, शाखा प्रमुख लगायत उपस्थित सरोकारवालाले हस्ताक्षर गरेका छन् ।

बासका कार्यकारी निर्देशक नमस्कार शाहले सहजिकरण गरेको सुनुवाईको शुरुमा बासले सुनुवाई पूर्ब गरेको नागरिक प्रतिबेदन पत्र र बर्हिगमन अभिमत पत्रको नजिता घोषणा गरिएको थियो भने सुनुवाईको खुल्ला सत्र पूर्व नगर प्रमुख राणाले उपमहानगरपालिकाले गरेका प्रगति तथा उपलब्धीको बारेमा जानकारी गराएका थिए । सुनुवाईमा १५० बढी स्थानीयहरुको सहभागिता रहेको थियो ।

 

  • २४ असार २०७८, बिहीबार प्रकाशित

  • Nabintech