नेपालगन्जले सम्झिनै पर्ने व्यक्तित्वहरु

किरण आचार्य

नेपालगन्ज/ आज भन्दा करीब ६५र ७० वर्ष पहिले नेपालगन्ज त के नेपालकै शैक्षिक अवस्था यस्तो थिएन। महिला शिक्षाको त के कुरा।

त्यस बखत स्व मङ्गल प्रसाद साहु ए म  पि माडसापले आफ्नो जमिनमा स्कुल खोलेर आफैले पढाउन शुरु गरे भने महिलाको हकमा पर्दा प्रथा भएकाले घर -घरमा गएर ट्युशन अत्यन्त न्यून अर्थात नगन्य शुल्कमा पढाउथे।

किनभने निशुल्क पढाए पढ्दैनन भन्ने डरले। पछि राजा महेन्द्रले उक्त स्कुल राष्ट्रियकरण गरेपछी आफ्नो घरमा स्कुल खोलेर शिक्षा प्रदान गर्न शुरु गरे।

यसरी ट्युशन पढ्नेमा मेरी आमा स्व विद्यादेवी पौडेल पनि एक थिईन। मङ्गल माडसाबलाई शत शत नमन छ। यसरी महानता गर्ने व्यक्तिहरुमा महिला पनि कम थिएनन। आफ्नो सम्पत्ती सामाजिक कार्यको लागी दान गर्ने अर्कि महिला महा मानव हुन  स्व अवतारदेई चौधराइन । उनले पचासौँ बिघा दान गरेर नेपालगन्जलाई ऋणी बनाएकी छन।

हालको महेन्द्र बहुमुखी क्याम्पस , भेरी अस्पताल , जनस्वास्थ कार्यालय र नारायण मा वि यसका उदाहरण हुन। यस्ती महानायिकालाई पनि शत शत नमन छ। यस्ता महामानवहरु पनि हाम्रो बाँकेमा थिए। उनिहरुको योगदानको कदर नेपालगञ्जबाट विशेष गरि सम्बन्धित सँस्थाहरुबाट हुन जरुरी छ।

यसको लागी केही गर्न नसके पनि यी महानआत्माहरुको पुण्यतिथीमा केही कार्यक्रम गरेर मनाउने गर्नु सबैको परम कर्तव्य हो।

  • २५ असार २०७८, शुक्रबार प्रकाशित

  • Nabintech