ईञ्जिनियरले गरे आत्महत्या

असल शासन प्रतिनिधि

अछाम/अछामको तुर्माखाँदमा गाउँपालिकामा कार्यरत एक इन्जिनियर मृत भेटिएका छन् ।

इन्जिनियर हिक्मत बुढा असार २८ गते सोमवार दिउसो आफ्नै निवासमा मृत अवस्थामा फेला परेका हुन् ।

तुर्माखाँद गाउँपालिकाका अध्यक्ष पुष्पराज शर्माका अनुसार, सोमवार कार्यालयमा हाजिर भएर कोठामा गएका इन्जिनियर बुढा केही समय पछि कोठामा झुन्डिएको अवस्थामा फेला परेका थिए ।

कार्यालयमा हाजिर भएर सेवाग्राहीहरुसँग कुरा गरिरहेको देखेका गाउँपालिकाका कर्मचारीहरुका अनुसार उनी कार्यालय नजिकै रहेको कोठा गएका थिए ।

कोठा गएका उनी अबेर सम्म पनि कार्यालयमा नफर्किए पछि कार्यालयको कागजातमा हस्ताक्षर गराउन पालिकाका प्राविधिक सहित सेवाग्राही बुढाको कोठा पुग्दा उनी झुन्डिएको अवस्थामा भेटिएको बताइएको छ ।

पञ्चदेवल बिनायक नगरपालिकाको लयाँटी घर भएका उनको आत्महत्या रहस्यमय रहेको बताईएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

  • २८ असार २०७८, सोमबार प्रकाशित

  • Nabintech